बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउँनाले स्वास्थ्यमा यस्ता अचुक फाइदा

    बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउँनाले स्वास्थ्यमा यस्ता अचुक फाइदा

    स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ ।आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । यदि हामीले दैनिक एक गिलास मनतातो पानी पिउछौ भने त्यसले पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ ।

    जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा। गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ ।

    दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदाहरु :

    १. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ।

    २. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

    ३. छालासम्बन्धी समस्या छ भने वा छालामा दाग लागेको छ भने मनतातो पानीले फाइदा गर्छ ।

    ४. नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

    ५. दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ ।

    ६. यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।

    ७. मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ ।

    ८. भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नून हालेर पिउनुपर्छ । यसले भोक जगाइदिन्छ ।

    ९. दिनभरिको कामले थकान महसूस हुन्छ भने खाली पेटमा मनतातो पानी पिउनु उपयुक्त हुन्छ ।

    १०। मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ ।