आज फागुनको पहिलो दिन चम्किँदै छ यी राशि (मासिक राशिफल)

    आज फागुनको पहिलो दिन चम्किँदै छ यी राशि (मासिक राशिफल)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घर ,जग्गा खरिद बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    सुखमा बढोत्तरी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । २२ गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    यो महिना सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रसन्नता गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    कर्कट राशिलाई यस महिनामा दुखस् कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यात्रा सुखद् र सफल हुनेछन् । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    यो महिना समान्य नै देखिन्छ, आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ । तर आफ्नो प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । १९ गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    फागुन महिना शुभ फलदायी नै रहनेछ । नयाँ र शुभ कार्यको योग छ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण र दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

    तुला राशि हुनेहरूका लागि फागुन महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शेयर बजारको लगानीले त्यति राम्रो प्रतिफल नदिनसक्छ पनि सक्छ । महिनाको उत्तरार्धबाट रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । साथी भई सँग रमाइलो भेटघाट र यात्राले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

    यो महिनामा घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । विपक्षीहरूले रिस गरे पनि काम बिगार गर्न सक्ने छैनन् । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

    फागुन महिनामा कार्य सिद्धिको योग छ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ, तर चोट पटकको भय रहेको हुनाले वाहन चलाउँदा या बाटो हिँड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग हल्का रातो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    फागुन महिनामा विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोशजाँगर र हिम्मत बढ्नुका साथै शत्रु पक्ष निर्बल हुनेछन् । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

    फागुन महिनामा शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिनसक्छ । खर्चिलो यात्रा पनि हुन सक्छ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारिसकेको ठाउँबाट धन हात पर्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।