स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

    स्मरणशक्ति कमजोर (एम्नेसिया) हुने समस्या आम मानिसमा देखिने समस्या होइन । तर जसलाई यसले आक्रमण गर्छ त्यस्ता मान्छेको लागि यो जटिल समस्या हो ।

    एम्नेसिया त्यतिबेला हुन्छ जतिबेला उसले आफ्नो महत्वपूर्ण जानकारी समेत याद गर्न सकिँदैन । थोरै भुलक्कड हुनु र एम्नेसिया हुनु फरक विषय हो । एम्नेसियाको जानकारीका लागि आफ्नो विगतको ठूला घटनालाई समेत स्मरण हुन्छ या हुँदैन भन्नेबाट परीक्षण गर्न सकिन्छ ।

    यसमा जीवनको महत्वपूर्ण हिस्सा, यादगर घटनाहरु, जीवनमा हुने प्रमुख व्यक्तिसँगको भेट र अन्य महत्वपूर्ण विषय समेत सामेल हुन सक्छ । आफ्नो पहिचानलाई भुल्नु, फिल्म र टेलिभिजनमा एक आम समस्याको रुपमा देखाउने गरिन्छ । तर यो व्यावहारिक जीवनमा यो आमसमस्या होइन । यो समस्या वास्तविक जीवनमा हुन सम्भव हुँदैन । यसको कारण भनेको भुल्ने समस्याबाट ग्रस्त मान्छे आम रूपमा स्वयंलाई मात्र याद गर्छ भने उसलाई कुनै नयाँ जानकारी सिक्ने वा नयाँ याद नहुने समस्या बढी हुन्छ ।

    एम्नेसियाले मस्तिष्कको त्यो क्षेत्रमा नोक्सानी पु¥याउँछ जो स्मरणको लागि महत्वपूर्ण हुन्छ । भुल्ने सम्बन्धी बिरामी स्थायी किसिमको पनि हुन सक्छ ।

    एम्नेसियाको कुनै विशेष उपचार हुँदैन । तर स्मरण शक्ति बढाउने एवं मनोवैज्ञानिक तरिकाले भुल्नेसम्बन्धी बिरामीबाट पीडित मान्छे र उनको परिवाहरुको उपचार गर्न सकिन्छ ।

    विस्मरणसम्बन्धी समस्याको प्रकार

    विस्मरण सम्बन्धी समस्या धेरै प्रकारको हुने गर्छ जुन निम्नानुसार छन् ।

    रेट्रोग्रेड प्रकार

    विस्मरणको समस्याको रेट्रोग्रेड प्रकारमा मान्छेले अहिलेको र पहिलेको स्मरण पनि बिर्सने गर्छ । यस प्रकारको समस्यामा मान्छेले धेरै पुराना र केही समयको घटनालाई समेत आफ्नो स्मरणमा राख्न सक्दैन । पुराना यादहरु जस्तो बालापनको याद, किशोरावस्थाका यादहरु कुनै पनि स्मरणमा आउँदैन । आम रूपमा भन्दा समग्र स्मरण शक्तिलाई नै यसले सुस्त गतिमा प्रभावित बनाइरहेको हुन्छ । डिमेन्सिया जस्तो रोगलाई भुल्ने बिरामी रेट्रोग्रेड प्रकारको कारण बन्ने गर्छ ।

    एन्टेरोग्रेडसम्बन्धी प्रकार

    जब तपाईं भुल्ने सम्बन्धी बिरामीको एन्टेरोग्रेड प्रकारबाट पीडित हुनुहुन्छ भने अब कुनै पनि घटनालाई तपाईंले आफ्नो दिमागमा समेट्न सक्नुहुन्न । यो प्रभाव अस्थायी हुन सक्छ । उदाहरणको लागि धेरै मदिरा पिउँदा हुने विस्मरण जस्तै अवस्था यो प्रकारको समस्यामा सिर्जना हुन्छ ।

    अस्थायी वैश्विक प्रकार

    यदि तपाईं विस्मरण सम्बन्धी यस प्रकारको समस्याबाट ग्रस्त हुनुहुन्छ भने तपाईं भ्रम या व्याकुलता अनुभव गर्नुहुन्छ । जुन केही घण्टाको समयमा आउने गर्छ । तपाईंलाई यस अनुभवभन्दा पहिले केही घण्टामा स्मरणको नोक्सानी अनुभव हुन्छ वा सम्भवतः तपाईंलाई यस अनुभवको कुनै याद हुँदैन ।

    शिशु अवस्थामा विस्मरणको समस्या

    प्रायःजसो मान्छेलाई आफ्नो जीवनको पहिलो तीनदेखि पाँच वर्षसम्मका कुनै पनि घटनाहरु याद रहँदैन । यस सामान्य घटनालाई शिशुहरुमा भुल्ने सम्बन्धी बिरामी भन्ने गरिन्छ ।

    विस्मरण सम्बन्धी समस्याको लक्षण

    विस्मरणसम्बन्धी सामान्य लक्षण निम्नानुसार हुन्छ ।

    १. एन्टेरोग्रेड विस्मरणको समस्यामा नयाँ जानकारी सिक्ने क्षमता बिग्रनु

    २. रेट्रोग्रेड विस्मरण सम्बन्धी समस्यामा पछिल्लो घटनाहरु र पहिलेको परिचित जानकारीलाई याद राख्ने क्षमतामा कमी आउनु

    ३ अकल्पनीयतामा झूटो यादहरु बन्न सक्छ । या वास्तविक यादहरुमा गडबढी पनि हुन सक्छ ।

    ४. असम्बद्ध गतिविधिहरु र अकस्मात सुनिने झट्का लाग्ने खालका खबरले न्यूरोलोजिकल समस्याहरु सिर्जना गर्नेगर्छ । ५. भ्रम या भड्काव

    विस्मरण सम्बन्धी समस्याको कारण

    हाम्रो मस्तिष्कमा समस्या गराउने जुनसुकै कार्यले पनि हाम्रो स्मरणशक्तिमा समस्या गराउन सक्छ । मस्तिष्कमा पुग्ने चोट या क्षतिका कारण पनि बिरामीलाई न्यूरोलोजिकल समस्या सिर्जना हुने गर्छ । यसको निम्नलिखित कारणहरु हुन सक्छ ।

    १ स्ट्रोक

    २. मस्तिष्कमा समस्या सिर्जना गर्ने भाइरसको संक्रमण

    ३. मस्तिष्कमा हुने अपर्याप्त अक्सिजन

    ४. दीर्घकालीन अल्कोहलको उपयोगबाट हुनेवाला भिटामिन १ को कमी ।

    ५. मस्तिष्कको उक्त क्षेत्रमा ट्युमर हुनु, जुन स्मरण शक्तिको नियन्त्रित गर्नमा मद्दत गर्ने खालको हुन्छ ।

    ६. मस्तिष्क रोग, जस्तो अल्जाइमर रोग वा अन्य प्रकारको मनोभ्रंश आदि ।

    विस्मरण सम्बन्धी समस्याबाट बच्ने उपाय

    दिमागको चोट भुल्ने सम्बन्धी बिरामीको मुख्य कारण हो । त्यसैले दिमागमा पर्ने असर कम गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो । यसबाट बच्नको लागि निम्नलिखित उपाय अपनाउन सकिन्छ ।

    १. अत्यधिक मदिराको उपभोग नगर्नुहोस् ।

    २. दुईपांग्रे सवारी चलाउने समयमा हेलमेट लगाउनु र चारपांग्रे सवारी चलाउने समयमा सिटबेल्ट बाँध्नु पनि बचावटको उपाय हो ।

    ३. टाउकोमा कुनैपनि संक्रमण भयो भने त्यसको तत्कालै उपचार खोज्नु ।

    ४. यदि तपाईंलाई स्ट्रोक वा अन्य गम्भीर टाउको दुखाइको समस्या छ भने यसको तुरुन्त उपचार खोज्नुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *