यी ३ राशिको खुल्यो भाग्य, अब एक वर्ष हुनेछ लाभ नै लाभ !

    यी ३ राशिको खुल्यो भाग्य, अब एक वर्ष हुनेछ लाभ नै लाभ !

    ज्योतिष शास्त्रमा देवता मानिने बृहस्पतिले अप्रिल १२ मा आफ्नै राशि मीन राशिमा प्रवेश गरेका छन्। गुरुलाई धेरै शुभ ग्रह मानिन्छ, जसले भाग्य बढाएर काममा सफलता दिलाउँछ। व्यक्तिलाई करियर, धन र एक अद्भुत वैवाहिक जीवनमा प्रगति प्रदान गर्दछ। अब गुरु आगामी १ वर्ष मीन राशिमा रहनेछन्। यस्तो अवस्थामा अप्रिल २०२२ देखि अप्रिल २०२३ सम्मको अवधि केही राशिका लागि राम्रो रहनेछ।

    बृहस्पति ग्रह ज्ञान, वृद्धि, शिक्षक, सन्तान, शिक्षा, धन, दान र पुण्यको कारक हो। जबसम्म गुरु मीन राशिमा रहन्छ तबसम्म यी ३ राशिका व्यक्तिहरुलाई शुभ फल दिनेछन्। आउनुहोस् जानौं ती ३ भाग्यशाली राशिहरू के हुन्।

    वृष राशि

    बृहस्पतिको गोचरले वृष राशिका व्यक्तिको जीवनमा रहेका सबै समस्याको अन्त्य हुनेछ। उनीहरुको आम्दानीमा ठूलो वृद्धि हुनेछ जसले उनीहरुलाई आर्थिक बल प्रदान गर्नेछ। आम्दानीका नयाँ बाटो खुल्नेछन्। करियरमा ठूलो प्रगति गर्न सकिनेछ। कार्यस्थलमा प्रशंसा मिल्नेछ। यस राशिका व्यापारीहरूले पनि ठूला लाभ उठाउन सक्छन्। धन लाभ हुनेछ।

    मिथुन राशि

    मिथुन राशिका व्यक्तिहरूलाई बृहस्पतिको गोचरले करियरमा परिवर्तन र सुधार ल्याउनेछ। नयाँ काम पाउन सक्नेछन्। कार्यक्षेत्रमा पदोन्नती मिल्नुका साथै तलब वृद्धिको पनि सम्भावना रहेको छ। व्यावसायीको व्यापार विस्तार हुनसक्छ। विशेषगरी मार्केटिङ–मिडियासँग जोडिएका व्यक्तिले ठूलो लाभ पाउनेछन्।

    कर्कट राशि

    कर्कट राशिका लागि यो समय भाग्यमा वृद्धि हुने देखिन्छ। हरेक कुरामा सहजै सफलता मिल्नेछ। रोकिएका कामहरु पनि अब सम्पन्न हुनेछन्। वैदेशिक यात्राको सम्भावना छ वा विदेशबाट मनग्य लाभ मिल्नेछ। यो राशिका व्यावसायीहरुको लागि यो समय राम्रो रहनेछ। खानपिनको व्यापारमा संलग्न भएकाले मनग्य आम्दानी गर्न सक्नेछन्।