पानी पिउने गलत तरिकाले स्वास्थ्यमा पार्छ असर जानी राखौ

    हरेक व्यक्तिको दिनको सुरुवात पानीबाट हुन्छ । पानी पिएर धेरैले दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरु पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । किनकी पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ ।

    शरीरलाई सुख्खा हुन दिँदैन । विषालु पदार्थ बाहिर निकाल्छ । रगत सफा बनाउँछ । नयाँ कोशिकाहरुको निर्माण गर्छ । मेटाबोलिज्म सक्रिय गराउँछ । कब्जियत हुनबाट बचाउँछ । यस्ता फाइदा पुर्याउने पानी कसरी पिउने त ? गलत तरिकाले पानी पिउँदा शरीरमा नराम्रो असर पर्छ ।

    बीपीए बोतल:

    प्लाष्टिकको बोतलको पानीमा बीपीए केमिकल बिस्फेनोल एको प्रयोग गरिएको हुन्छ । अनुसन्धानका अनुसार यो केमिकलले जन्मसम्बन्धी समस्याहरु पैदा गर्छ । यो केमिकलले शरीरमा पनि गम्भीर असर पार्छ ।

    जसमा उच्च ब्लड प्रेशर, हर्मोन असन्तुलन, टाइप २ मधुमेह र हृदयरोग जस्ता बिरामीहरुको खतरा बढ्छ । बीपीए बोतलमा राखिएको पानी पिउँदा शरीरमा गम्भीर असर पर्छ ।

    एकैपटक अत्यधिक पानी पिउनु:

    एक वा दुई गिलास पानी पिउनु सामान्य नै हो । तर, मानिसहरु एक पटक धेरै पानी पिउने गर्छन् । एकैपटक अत्यधिक पानी पिउँदा मेटाबोलिज्ममा गलत असर पार्छ । त्यसैले प्रतिघण्टा एक लिटर पानी मात्रै पिउने गर्नुपर्छ ।

    पर्याप्त पानी:

    शरीरमा अधिकभन्दा अधिक पानी हुन्छ । यसको अर्थ शरीरले सही तरिकाले काम गर्नका लागि पानीको उपयोग गर्छ । पाचन प्रक्रियालाई सही तरिकाले राख्न, कब्जियत सही बनाउन, टोक्सिन्स बाहिर ल्याउँछ, पथ्थरी बाहिर निकाल्छ, छालालाई सुख्खा हुन दिँदैन । पानी सही मात्रामा नपिउँदा शरीरमा विभिन्न समस्या आउँछ । त्यसैले पर्याप्त पानी पिउन आवश्यक छ ।

    पानीमा काटिएका फलफूल हालेर खाने:

    पानीमा काटिएको फलफूल हालेर खाने चलन छ । यसरी खाँदा साल्मोनेला र ई.कोली जस्ता रोगहरु लाग्ने सम्भावना हुन्छ । यसरी खाँदा फलफूलको बोक्रामार्फत ब्याक्टेरिया शरीरभित्र जान्छ । जुन शरीरभित्र रोगको कारण बन्छ ।

    क्याफिनपछि पानी न पिउनु:

    क्याफिन र अल्कोहलको सेवनपछि पानी पिउँदा नपिउँदा शरीर सुख्खा हुन्छ । कफी र मद्यपानको सेवनपछि धेरै पानी पिउनुपर्छ । प्यास लाग्दा पनि पानी नपिउनु: धेरै व्यक्तिहरु प्यास लाग्दा पनि पानी पिउँदैनन् । प्यास लाग्दा पानी जरुर पिउनै पर्छ । तर, प्यास नलागेको समयमा पनि सही तरिकाले पानी पिउनुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *