चन्द्रमाको आकारसँग रजश्वलाको के सम्बन्ध ? अध्ययन यसो भन्छ

    पूर्णिमा तथा औँसीको रातका विषयमा विभिन्न परम्परागत मान्यता, जनविश्वास तथा रुढीवादी सोँच समेत छन् । तर पूर्णिमा वा औँसी भनेको चन्द्रमाको आकारसँग सम्बन्धित छ, जुन हरेक १५ दिनमा परिवर्तन भईरहेको हुन्छ ।

    चन्द्रमाको २९ दिनको चक्र हुन्छ, नयाँ चन्द्रदेखि पूर्ण चन्द्र सम्मको । यसरी दिन गणनाका हिसाबले यो २९ दिने चन्द्र महिना महिलामा हरेक २८ दिनमा हुने महिनावारी चक्रको समयसँग मिल्दोजुल्दो हुन्छ ।

    कतिपय मानिसहरुले चन्द्रमाको गुरुत्वाकर्षण र चमकलाई मानिसको प्रजनन चक्रसँग पनि जोड्दछन् । तर आखिर महिनावारी र चन्द्रमाको बदलिँदो आकारको बीचमा के सम्बन्ध छ त ?

    वास्तवमा चन्द्रमाको २९ दिनको चक्रसँग कुनै महिलाको २८ दिनको रजश्वला चक्र मिल्नु भनेको केवल एक संयोग मात्रै हो ।

    यस विषयमा सन् १९८६ मा एक अध्ययन भएको थियो जसमा वैज्ञानिकहरुले यी २ घटनाहरुको बीचमा एक निकट सम्बन्ध वा संयोग हुने विश्वास गरेका थिए । Acta Obstetricia et Gynecologica Scandinavica नामक जर्नलमा सो शोध प्रकाशित भएको थियो ।

    उक्त शोधका क्रममा सहभागी गराइएका मध्ये २८.३ प्रतिशत महिलाहरुको रजश्वला नयाँ चन्द्रमा देखिएसँगै सुरु भएको थियो । चन्द्रमाको कुनै अन्य आकारको तुलनामा यो सबैभन्दा ठूलो संयोग थियो । तर सन् २०१३ मा एक अर्को शोध भयो । त्यसमा एक ७४ वर्षकी महिलालाई वर्षौँदेखि अध्ययन गरिँदै आएको थियो । तर उनको त्यसबेला सम्मको पूरै जीवनमा चन्द्रमाको बदलावसँग उनको महिनावारीको कुनै सम्बन्ध नभएको देखियो ।

    महिनावारी ठ्याक्कै कहिले सुरु भयो भनेर कसरी थाहा पाउने ? वास्तवमा वैज्ञानिकहरुले महिलामा रजश्वलाको ट्रयाक गर्नका लागि एप बनाएका छन् । सन् २०१९ मा Cuie नामक उक्त एपले १५ लाख जना महिलाको ७५ लाख पटकको रजश्वला जाँच गरेको थियो । त्यसक्रममा पनि चन्द्रमाको आकार परिवर्तनसँग महिलामा रजश्वला चक्रको कुनै साइनो नभएको पुष्टि भएको थियो ।

    जर्मनीस्थित वर्जबर्ग विश्वविद्यालयकी न्युरोबायोलोजी तथा जेनेटिक्स विभागकी प्रमुख शार्लोट फोरस्टरका अनुसार कहिलेकाहीँ सानो संख्यामा महिलाहरुको डाटा संकलन गर्दा उनीहरुमा पूर्णिमाको समयमा वा नयाँ चन्द्रमाको समयमा महिनावारी सुरुवात भएको पाउन सकिन्छ । तर वास्तवमा यदि लामो समयसम्म र धेरै महिलामा निरन्तर डाटा संकलन गरियो भने रजश्वला चक्रको चन्द्रचक्र कुनै सम्बन्ध नभएको पुष्टि हुन्छ ।

    तथापि शार्लोट र उनका सहकर्मीहरुले सन् २०२१ मा गरेको एक अध्ययनमा भने एक चौथाई महिलाहरुको पूर्णिमा या नयाँ चन्द्रमा देखापर्ने समयमै रजश्वला सुरु हुने गरेको पाइएको थियो । अझ चिसो मौसम वा पात झर्ने मौसमको बेलामा चन्द्रचक्र र रजश्वला चक्र सँगै हुने गरेको पाइएको थियो ।

    तर शार्लोटका अनुसार यसो हुनुमा चन्द्रमाको आकारसँग कुनै सम्बन्ध छैन यसमा मौसम तथा लामो रात नै प्रमुख कारक हुनसक्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *