जति नै मिठो भएपनि खाली पेटमै नखानुहोस् यी खानेकुरा

    । मानिसहरुका लागि केही खानेकुराहरु अनिवार्य नै रहेको छ, जुन हाम्रो शरिरका लागि अत्यावश्यक रहेको छ । जसको सही उपयोगबाट शरिरलाई पर्याप्त मात्रामा पोषण र आवश्यक तत्वहरु प्राप्त हुने गर्दछ । तर यसको गलत समयमा गलत प्रयोग गर्नाले त्यो चीज नै हाम्रा लागि विष बन्न सक्छ ।

    यदि स्वास्थ्य नै ठीक छैन भने हाम्रो शरिरले राम्रोसँग काम गर्न पनि सक्दैन । त्यसैले हामीले दैनिक रुपमा खाने खानालाई सही समयमा सही उपयोग गर्न जरुरी रहेको छ । यसका लागि हामीले सही समयमा खानुपर्ने सही खानेकुराका बारेमा थाहा पाउन जरुरी रहेको छ । त्यसमा पनि खाली पेटमा सही खानेकुरा खान सकिएन भने हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ ।

    यस्ता छन् खाली पेटमा खान नहुने कुराहरुः

    गोलभेडाः गोलभेडा हाम्रो स्वास्थ्का लागि एकदमै लाभकारी रहेको छ तर खाली पेट यसको सेवन गर्नाले एसिडिटीको समस्या हुने गर्दछ । पाचन प्रक्रियामा प्रभाव पार्ने गर्दछ र पत्थरीको समस्या पनि हुनसक्छ ।

    केराः यो एउटा लाभकारी फल हो । केरामा पर्याप्त मात्रामा म्याग्नेसियम तथा पोटासियम पाइने गर्दछ । तर खाली पेटमा यसको सेवन गर्नाले शरिर दुख्ने र ग्यास हुने जस्ता समस्या देखिने गर्दछ । साथै यसले पच्नमा अधिक समय लिने गर्दछ ।

    खरबुजाः गर्मी समयमा खरबुजा अधिम मात्रामा उपयोग गर्ने गरिन्छ । तर खाली पेटमा खरबुजाको सेवन गर्नाले पाचन तन्त्रमा एसिडको मात्रा बढ्ने गर्दछ । जसका कारण पेटमा तीव्र मात्रामा ग्यास बन्ने गर्दछ ।

    मसलेदार खानाः खाली पेटमा मसलेदार खाना खानु हाम्रो स्वास्थ्यका लागि एकदमै नोक्सानदायक मानिन्छ । यसबाट ग्यास, एसिडिटीको समस्या हुने गर्दछ ।

    लेमन सोडाः सोडामा अधिक मात्रामा कार्बोनिक एसिड हुने गर्दछ । जसबाट पाचन प्रभावित हुने गर्दछ र उल्टी, ग्यास तथा माइग्रेनजस्ता समस्या हुने गर्दछ ।

    औषधीः खाली पेटमा औषधी खानाले पेटमा एसिडको मात्रा अधिक हुने गर्दछ । जसका कारण पेटमा ग्यास, एसिडिटी बढ्ने, पेट दुख्ने, उल्टी हुने जस्ता समस्या देखापर्ने गर्दछ ।

    चिया वा कफीः खाली पेटमा चिया वा कफी खानाले एसिडिटीको समस्या हुने गर्दछ । जसका कारण ग्यास, माइग्रेन जस्ता थुप्रै प्रकारका समस्या हुने गर्दछ ।

    दहीः दही हाम्रो स्वास्थ्यका लागि अधिक लाभदायक हुने गर्दछ । तर खाली पेटमा दही खानाले पेटमा विभिन्न प्रकारका समस्या देखापर्ने गर्दछ । त्यसैले बिर्सेर पनि खाली पेटमा यि खानेकुराहरु खान हुदैन ।