एउटै गोत्रमा विवाह किन गर्न हुँदैन? हेर्नुहोस् यस्तो छ कारण

गोत्र शब्दको अर्थ हो बंशरकुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो ।

उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।

तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो वि’वाद किन हुँदैन एउटै गोत्रमा विवाह गर्न रु विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् ।

विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।

विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रग’तले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले । मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।

हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न हुँदैन र गरिँदैन पनि । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मणसमुदायमा यो प्रचलनमा बढी रहको छ ।

अन्य जनजाति समुदायमा भने यसलाई त्यति धेरै महत्व दिइँदैन, मामाचेली फूपूचेलो नाता सम्बन्धमा समेत विवाहलाई मान्यता दिइन्छ ।

हिन्दु धर्ममा सगोत्री वा हाडनातामा विवाह किन बर्जित गरिन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यसका केही धार्मिक तथा वैज्ञानिक कारणहरु छन् । जुन यस्ता छन्–

हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ । वैवाहिक सम्बन्ध राम्रो हुँदैन । यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट जन्मिने बच्चामा पनि बिभिन्न किसिमका अवगुणहरु आउन सक्छ । यसका साथै सन्तान नै नहुने लगायतका अवस्था पनि आउनसक्ने हुन्छ ।

सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक विश्वास मात्र होइन यसका पछाडि बिभिन्न वैज्ञानिक कारणहरु पनि रहेका छन् । एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।
त्यसैले तपाईँ पनि नाता सम्बन्धमा वा सगोत्री विवाह गर्ने सोँच्दै हुनुहुहन्छ भने बेलैमा सजग हुनुहोेस् । पछि यस्ता विभिन्न खालका समस्याहरु तपाईँमा पनि देखा पर्न सक्छन् ।

अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता भएका हुन्छन् । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *