कस्तो सपना देख्दा के हुन्छ ?

    प्राय जसो हामी सपना देखिरहेका नै हुन्छौँ । सपना देख्नु सामान्य र स्वभाविक प्रक्रिया पनि हो । तर सपनाको विषयमा शास्त्र अनुसार बिभिन्न मतान्तर रहेको छ ।शास्त्र अनुसार सपनाले भविष्यको बारेमा सूचना दिने गर्दछ ।

    त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ मानिन्छन् ।स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुने गर्दछन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।

    कस्तो सपना देख्दा के हुन्छ ?

    दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्दछन् भने अशुभ सपनाले काम विग्रिने गर्दछ र मिश्रित सपनाले मिश्रित नै फल दिन्छ ।स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिएको सपनाको

    फल वर्षदिन भित्र मिल्न सक्छ भने दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै प्राप्त हुने स्वप्न ज्योतिषमा उल्लेख छ ।चौथो प्रहर अर्थात विहानपख

    देखिएको सपनाको फल भने तत्कालै मिल्ने गर्दछ । शास्त्रका अनुसार खराव सपना देखेपछि विहान उठेर अरुलाई त्यो सपनाका बारेमा बताउँदा त्यसको फल नाश हुन्छ ।विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुने शास्त्रमा उल्लेख छ ।

    १. नदीः सौभाग्य वृद्धि२. रक्सिः धार्मिक कार्यमा रुची३. गाईको दुध दुहेको देखेमा मनोकामना सिद्ध हुन्छ ।४. गाई देख्दाः भौतिक सुख हुने गर्दछ ।५. टोपी देख्दाः मान सम्मान वृद्धि हुन्छ ।

    ६. विहीनीलाई देख्नुः परिवारमा प्रेमको शुरुवात हुनु हो ।७. भाईलाई सपनामा देख्नुः नयाँ साथी बन्ने संकेत हो।८. हात्तीमा सवार भएको देखेमा राज्यबाट लाभ तथा पदोन्नती हुन्छ ।

    ९. मह देख्नुः जीवन सहज बन्ने संकेत हो ।१०. पैसा देखियो भने धन लाभ हुन्छ११. आफ्नै मृत्यु देखेमा खराव रोगबाट मुक्ति मिल्छ ।१२. रुद्राक्ष देखियो भने शुभ समाचार सुन्न पाइन्छ ।१३. पति वा पत्नि देखेमा दाम्पत्य जीवन प्रेममय बन्छ ।

    १४. स्वस्तिक चिन्ह देखियो भने धन लाभ हुन्छ ।१५. सिंह तथा डमरु देखेमा सन्तान प्राप्ति हुन्छ ।१६. परेवा देखियो भने रोगबाट मुक्ति मिल्छ ।१७. हरिण भागेको देखेमा लामो यात्रामा जानुपर्छ ।

    १८. भैसी देख्नु धन प्राप्ति हुने संकेत हो ।१९. सेतो नाग देखियो भने धन प्राप्ति हुन्छ ।२०. बाघमा सवार भएको देखियो भने प्रतिस्पर्द्धामा विजय भइन्छ ।२१. पूजा गरेको देखेमाः बनाएको योजना सफल हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *