१६ वर्ष पछि पनि उचाइ बढाउने यस्ता छन् प्राकृतिक तरिकाहरु,

    बच्चाको उचाइलाई लिएर हरेक बाबुआमा चिन्तित हुन्छन् । कोही बच्चाहरुको उचाइ एकदमै छिटो बढ्छ भने कोही बच्चा आफ्नो उमेर अनुसार होचा देखिने गर्दछन् । बच्चाको उचाइ कम हुँदा उनीहरु आफ्ना साथी भन्दा साना देखिन्छन् । जसकारणले उनीहरुको आत्मविश्वासमा कमी आउन सक्छ ।
    उचाइ बढाउनका लागि ६० देखि ८० प्रतिशत अनुवांशिक नै हुन्छ जसलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्न । अन्य २० देखि ४० प्रतिशतमा आफूले पनि केही उपाय गर्न सकिन्छ जसले गर्दा

    उचाइं बढ्ने प्रक्रिया चाँडो रोकिँदैन । विशेषज्ञका अनुसार १८ वर्षसम्म बच्चाको उचाइ ४ प्रतिशतको दरले बढ्ने गर्छ । त्यसपछि उचाइ बढ्ने प्रक्रिया ढिलो हुन्छ वा बन्द नै हुन पनि सक्छ ।

    त्यस्तै कतिपय बच्चाहरुको उचाइ १४–१५ वर्षपछि नै ढिला हुने गर्छ वा बन्द जस्तो नै हुन्छ । त्यस्तो बेला बच्चा र आमाबुवा दुबैले उचाइ नबढेको चिन्ता लिन थाल्दछन् । तर यसमा चिन्ता लिनु पर्दैन केही यस्ता उपाय पनि छन् जसले तपाईको बच्चाको हाइट प्राकृतिक रुपमै केही मात्रामा बढ्नेछ ।

    पोषण

    शारीरिक विकासका लागि सबैभन्दा महत्वपूर्ण हो स्वस्थकर खाना । राम्रो पौष्टिक नास्ता वा भोजनले शारीरिक विकासमा मद्दत पु¥याउँछ । एउटा सन्तुलित आहारको चार्ट बनाउनुहोस्, जसमा भिटामिन तथा मिनरल्सहरु भरिपूर्ण मात्रामा पाइयोस् । दुध, फलफूल, ताजा हरियो तरकारी, माछामासु तथा काब्र्सले भरिपूर्ण खाद्य सामाग्री आहारमा सामेल गर्नुहोस् । यस्तो खालको भोजनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ साथै शरीरको विकासमा पनि यसले मद्दत पुर्‍याउँछ ।

    योगाभ्यास

    उचाइ बढाउन मद्दत पुग्ने खालको योगा आसनहरु दिनहुँ अभ्यास गर्नुहोस् । योगले शरीरमा रक्तसञ्चार राम्रो बनाइराख्छ र शरीर स्वस्थ तथा मांशपेशीहरु बलियो बनाउँछ । हड्डीमा लचकता आउँछ जसले गर्दा उचाइ बढ्दै जान्छ । उचाइ बढाउनका लागि नियमित रुपमा ताडासन, वीरभद्रासन, भुजंगासन आदि योगासनहरुको अभ्यास गर्नुपर्छ ।

    व्यायाम

    प्रायः उचाइ बढाउनका लागि बच्चालाई झुन्डिने खालको व्यायाम गराउँछन् । यो प्राकृतिक उपाय पनि कद बढाउनका लागि फाइदाजनक हुन्छ । १४ देखि १५ वर्ष उमेरका बच्चालाई दिनहुँ झुन्डिने खालका व्यायामहरु गराउनुहोस् । यसका साथै अन्य साइकिलिंग, डोरी उर्फिने, दौडिने जस्तो व्यायामहरु गर्दा पनि उचाइ बढ्दै जान्छ ।

    राम्रो निद्रा

    शरीरको विकासका लागि राम्रो निद्रा लिन जरुरी हुन्छ । निद्रा पूरा नहुँदा शारीरिक विकास रोकिने गर्दछ । सुतेको समयमा शरीरले मानिसलाई बढाउने हर्मोन रिलिज गर्छ तर तपाईंको बच्चाले प्रयाप्त मात्रामा निद्रा लिँदैन भने यसले शरीरको विकासमा सुस्तता ल्याइदिन्छ ।

    मुद्रा ठिक पार्नु

    राम्रो उचाइ प्राप्त गर्नका लागि तपाईको शरीरको पोस्चर वा मुद्रा पनि सही हुनुपर्छ । गलत तरिकाले उठ्ने, बस्ने वा सुत्ने गरेमा तपाईंको शरीरको विकासक्रम रोकिन सक्छ । त्यसैले सधैं सिधा बस्नुपर्छ र उभिँदा पनि सही मुद्रामा डाढलाई सिधा बनाएर उभिने । सुतेको बेलामा पनि तपाईंको पोस्चर सही हुनुपर्छ । टाउको र घाँटी झुकाएर बस्ने वा हिँड्ने गर्नुहुँदैन । सही मुद्राले ६ इञ्चसम्म उचाइ बढाउनमा मद्दत गर्दछ ।

    (एजेन्सी)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *