ब्रोकाउली खानुका यस्ता छन् १० फाइदा, यस्ता दिर्घालु रोगलाइ पार्छ निको !

    हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली ।

    ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ । प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ ।

    त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ । ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ ।

    हेर्नुहोस् यस्ता छन् ब्रोकाउलीका १० फाइदा:-

    १. क्यान्सर रोकथामका लागि प्रभावकारी: ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ।

    २. प्रोटिनको राम्रो श्रोत: आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ।
    ३. प्रतिरक्षा स्वास्थ्य बढावा: एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन सहयोग गर्दछ।

    ४. मधुमेहसँग लड्न मद्दत गर्ने: उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ।
    ५. मुटु रोगीका लागि लाभदायक: ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

    ६. हड्डीलाई स्वस्थ राख्न मद्दत गर्ने: ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वास्थ्य राख्न मद्दत गर्दछ।

    ७. रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्ने: यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

    ८. रुगा खोकीबाट बचाउने: ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुगा खोकीबाट बचाउने गर्दछ।

    ९. यौ’न उर्जालाई बढाउने: शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ।

    १०. भ्रुणका लागि फाइदाजनक: एक कपको ब्रोकाउलीमा ९४ एमसीजी फोलिक एसिड हुन्छ, जुन बी भिटामिनको श्रोत हो र जसले भ्रुणको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *