महिलामा हुने बाझोपनको कारणहरु

    आजकाल अधिकांश महिलाहरूमा यो समस्या विकराल बन्दै गएको देखिन थालेको छ । विगत लामो समयको अनुभव आजको लेखमा पस्कन गइरहेको छु । महिनावारी हुने समय ३० दिन भन्दा धेरै छ भने ओभ्यूलेसन नियमित नभएको जनाउदछ ।

    एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक ३५/४० वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रिमेनोपौजको संकेत हुन सक्दछ ।

    तौलको कारणले पनि बाझोपना निम्ताउन सक्छ । यस्तो अवस्था करीव करीव १२ देखि १५ प्रतिशतसम्म बाँझोपनामा तौल मुख्य कारण हुने गर्दछ । विशेषगरी, शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।

    एक अध्ययन अनुसार नियमित व्यायाम गर्ने महिलाको तुलनामा व्यायाम नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना २५,३० प्रतिशतले कम हुने गर्छ । तर त्यो भन्दैमा धेरै व्यायम नै गर्नैपर्छ भन्न खोजेको हैन । धेरै व्यायामले पनि शरीरमा उर्जाको कम हुन सक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

    नियमित गर्भनिरोधक चक्कीको सेवनले बाझोपनाको समस्या निम्तन सक्ने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ । गर्भधारणको चाहना भएमा यो चक्की खान छोडेमा गर्भधारण हुन सक्छ ।

    चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ ।

    त्यसबाहेक फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्दछन् ।

    नोट : यस्ता समस्या देखिएमा स्त्रीरोग सम्बन्धी अनुभवी डाक्टरको परामर्शमा उपचार गराउनुहोस् भन्ने राय छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *