महिलाहरु यस्ता समस्यादेखि सधै रहनुहोस् सावधान ! वेवास्ता गर्दा ज्यानै जान सक्छ !

    व्यस्तताका कारण आजभोलि महिलाले आफूलाई समय दिन पाउँदैनन्। महिलाको यो गल्तीका कारण स्वास्थ्यमा कयौँ समस्या देखिने गर्दछन्। जसका कारण कतिपय महिलाले अकालमा ज्यान गुमाउनु परेको छ। हरेक महिलाले कामसँगै आफ्नो पनि विशेष ध्यान दिनु पर्ने हुन्छ। तत्र यस्तो रोगबाट ग्रसित हुनुपर्दछ, जसका कारण ज्यानै गुमाउनु पर्ने हुन्छ। आज हामी तपाईलाई यस्ता रोगका बारेमा जानकारी दिदैछौँ, जुन रोगका बारेमा महिला अलर्ट हुन आवश्यक छ।

    स्टन क्यान्सर : पुरुषको अपेक्षामा महिलामा बढी रोग पाइने गर्दछ। जसमध्ये स्तन क्यासर पनि महिलाका लागि निकै खतरनाक रोग मानिन्छ। यस रोगका बारेमा महिला सधै अलर्ट हुनु पर्दछ। यस्तो समस्याबाट जोगिनका लागि महिलाले समय समयमा स्तनको अल्ट्रासाउण्ड वा मेम्मोग्राम गराउनु पर्दछ। ता की यो रोगका बारेमा महिलालाई सुरु देखिनै थाहा होओस्। सुरुवातमै यो रोगका बारेमा थाहा पाउन सके तपाईको उपचार सम्भव हुने गर्दछ।

    पाठेघरको क्यान्सर : पाठेघरको क्यान्सर कुनै पनि उमेरका महिलालाई हुने गर्दछ। तर सबैभन्दा बढी यो समस्या ३५ वर्ष नाघेका महिलामा देखिने गर्दछ। त्यसैले यो रोगका बारेमा महिला पहिले देखिनै अलर्ट हुनु पर्दछ। त्यसका लागि महिलाले १८ वर्षको उमेरदेखिनै हरेक तीन वर्षको उमेरमा यसको जाँच गराउनु पर्दछ।

    एंडोमेट्रियोसिस : एंडोमेट्रियोसिस यस्तो रोग हो, जुन गर्भशायसँग सम्बन्धीत हुने गर्दछ। यो रोगले महिलालाई सारै तनाव दिने गर्दछ। यस विरामीसँग लड्नमा महिला निकै कमजोर मानिने गर्दछन्। त्यसैले यो रोगबाट बच्नका लागि महिलाले सोनोग्राफी वा ल्याप्रोस्कोपी टेस्ट गर्नु पर्ने हुन्छ।

    हृदयघात : खराब जीवन शैलीका कारण महिला आफै बिरामीको शिकार बन्ने गर्दछन्। आफ्नो ध्यान नराख्ने, धेरै तनाव लिने जस्ता कारण पुरुषको अपेक्षामा महिला यसको शिकार बन्ने गर्दछन्। त्यसैले महिला यस रोगबाट बच्नका लागि खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *