शरीरमा रगतको मात्रा कसरी बढाउने ?

    शरीरलाई स्वस्थ राख्नका लागि आहारबिहारमा बिशेष ध्यान दिनु आवश्यक छ। तर पछिल्लो समय गलत खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुँदै गइरहेका छन् ।

    चुकन्दर

    नियमित रुपमा चुकन्दरको जुसको सेवनले शरीरमा रगतको मात्रा बढाउनमा बिशेष भूमिका खेलेको हुन्छ। चुकन्दरमा पाइने आइरन तत्वको कारण शरीरमा नया रगत पनि सजिलै बन्छ।

    केरा

    केरामा पाइने प्रोटिन , आइरन र खनिज तत्वले शरीरमा रगतको मात्रा बढाउनुका साथै शरीरमा उर्जा थप्ने काम गर्छ। यसका लागि नियमित रुपमा ६ ओटा केराको सेवन गर्नु आवश्यक छ।

    गाँजर

    नियमितको गाजरको जुसको सेवनले शरीरमा रगतको मात्रा कमि हुन पाउदैन। यसका अलवा गाजर विभिन्न समस्याका लागि पनि उपयोगी रहेको छ।

    अम्बा

    पाकेको अम्बाले शरीरमा हेमोग्लोबिनको कमि हुन् दिदैन्। जब शरीरमा हेमोग्लोबिनको कमि हुदैन तब आफ़ेआफ़ रगतको मात्रा बढेर जान्छ।

    स्याउ

    अनेमियाको समस्या भएकाहरुका लागि स्याउको सेवन गर्ने सल्लाह दिइने गरिन्छ। स्याउले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ जसले गर्दा रगतको मात्रा सन्तुलनमा राख्न मदत गर्छ।

    अंगुर

    अंगुरमा पोटासियम , भिटामिन , क्याल्सियम, आइरन लगायतका तत्वहरु भरपुर मात्रामा पाइन्छ। अंगुरको सेवनले हेमोग्लोबिनको मात्रा बधुनका साथै तव्चालाई स्वस्थ राख्नमा पनि मदत पुर्याउछ।

    सुन्तला

    सुन्तला भिटामिन सी को अलावा हाडजोर्नी मजबुत बनाउने प्रमुख स्रोत हो। सुन्तला खानाले शरीरमा रगतको मात्रा बढ्नुका साथै रगत सफा बनाउन मदत गर्छ।

    टमाटर

    टमाटरमा पाइने क्याल्सियम , भिटामिन सी , पोटासियम लगायतका तत्वले रगत बढाउनमा अहम भूमिका निर्वाह गर्छ।

    हरिया सागसब्जी

    शरीरमा आइरनको मात्रा बढाउनका लागि पालक , मेथी , साग , काँक्रो , बन्दगोभी लगायतका तरकारी सेवन गर्नु पर्छ। साथै शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि हरिया सागसब्जीको अत्याधिक सेवन गर्नु आवश्यक छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *