मुसा र मानिसको सम्बन्ध १५ हजार वर्ष पुरानो

    वैज्ञानिकहरूले प्राप्त गरेका अवशेषको अध्ययनबाट मुसाहरू १५ हजार वर्षदेखि मानिससँग रहने गरेको दाबी गरेका छन्। यो समय पहिले सोचिएको भन्दा अझै पुरानो भएको छ।

    सम्भवतः मानिसहरूले कृषिपेसा अपनाउन सिकेदेखि नै मुसा मानिसहरूसँग नजिकिएको हुनुपर्ने बताइएको छ। वैज्ञानिकहरूले पूर्वी भूमध्यरेखीय सागर क्षेत्रमा प्राचीनतम मानिसहरूले जम्मा गरेर राखेको अन्न जंगली मुसाहरूले चोर्ने गरेको विश्वास गरेका छन्।

    अहिले हामीले देख्ने गरेका मुसाहरू त्यही समयदेखि सित्तैंमा अन्न खाएर मानिसहरूको घरमै बस्ने गरेको बताइएको छ। फ्रान्सको राजधानी पेरिसस्थित म्युजियम नेसनल डि हिस्टोरे न्याचुरल्लेका डा. थोमस कुचीले दक्षिणी लेभान्टमा पाइएका मुसाको अवशेषको दाँतको अध्ययन गरी यो प्रतिवेदन सार्वजनिक गरेका हुन्। वैज्ञानिकहरूले पृथ्वीमा बिरालो र कुकुर आउनुअघि नै मुसाको अस्तित्व रहेको दाबी गरेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *