यौन शक्ति बढाउने घरेलु उपायहरु

    खराब खानपान र जीवनशैलीका कारण आजभोलि अधिकांश मानिस विभिन्न समस्याको सामना गरिरहेका छन्। खानामा आवश्यक पोषक तत्वको कमीका कारण मानिसमा थकान, कमजोरी, रगतको कमी र इम्युनिटी पावर कमजोर जस्ता समस्या देखिने गरेका छन्।
    यस्ता समस्याका कारण मानिसको यौन जीवन प्रभावित बनिरहेको छ। यौन स्वास्थ्य र यससँग सम्बन्धीत समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदका उपाय अपनाउन सकिन्छ।यौन स्वास्थ्य समस्या समाधानका लागि बजारमा विभिन्न औषधि पनि उपलब्ध छन्।

    तर यसले पनि असर पनि गर्नसक्छ। त्यसैले आज हामी तपाईलाई केही यस्ता आयुर्वेदिक उपचारका बारेमा जानकारी दिदैछौँ, जसले यौनसम्बन्धी विभिन्न समस्या समाधानमा सहयोग गर्नेछ। यौन समस्या समाधानका लागि आफ्नो खानामा यी चीजको सामेल गर्न सकिन्छ।

    घ्यू:

    आयुर्वेदका अनुसार शरीरमा हुने एक प्रकारको शक्तिले शरीरमा महत्वपूर्ण कार्य गर्ने गर्छ। घ्यूमा पनि एक प्रकाशको शक्ति पाइने गर्छ। त्यसैले तपाईले शरीरमा शक्ति बढाउनका लागि दैनिक खानामा एक चम्चा घ्यू सामेल गर्नुहोस्। यसो यर्दा पनि तपाईको यौन शक्ति बढ्ने गर्छ।

    मह:

    महमा पनि विभिन्न प्रकारका पौष्टिक तत्व पाइने गर्छ। हरेक दिन महको सेवन गर्दा विभिन्न समस्याबाट छुटाकारा पाउन सकिने आयुर्वेदमा उल्लेख गरिएको छ। महमा बोसोन नामक एक खनिज हुने गर्छ। जसले टेस्टोस्टेरोनलाई बढाउने काम गर्छ। तपाई विहान उठेर आफ्नो चियामा एक चम्चा मह मिलाएर खानुहोस्। तर याद राख्नुहोस् की दूधमा भूलेर पनि कहिलै मह नमिलाउनुहोस्।

    दूध:

    दूधमा विभिन्न प्रकारको पोषक तत्व पाइने गर्छ। जसले प्रयाप्त शक्ति र उर्जा प्रदान गर्छ। त्यही कारण भारतीय संस्कारमा विवाहको पहिलो रातमा मसलेदार दूध पिउने अवधारण रही आएको छ। तपाईले एक गिलास तातो दूधमा अश्वगंधा वा एक चम्चा घ्यू, थोरै सुकमेल र एक चुटकी केसर मिलाएर पिउँदा पनि यौन शक्ति बढ्ने गर्छ।

    चामलको खिर:

    दूध, घ्यू, सुकमेल, केसर आदी राखेर बनाएको चामलको खिर शक्तिवद्र्धक हुने गर्छ। यो खिरको सेवनले पनि तपाईको यौन शक्तिमा अद्भूत शक्ति प्रदान गर्छ।

    अमला:

    अमलामा भिटामिन सी, एक्टिअक्सीडेट र एन्टीफ्लेमेट्री तत्व पाइन्छ। जसले पुरुषलाई जवान र शक्ति प्रदान गर्छ। अमलाले कपाललाई पनि सधैँ कालो बनाउन सहयोग गर्छ भने छालालाई टाइट राख्न सहयोग पुर्याउँछ। त्यसैले हरेक पुरुषले विहान एउटा अमलाको नियमित सेवन गर्नु निकै लाभदायिक हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *