एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी

    अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

    सौँफ :

    धेरैजसो मानिसले सौँफलाई राम्रो माउथ फ्रेशनरका रुपमा प्रयोग गर्ने गर्दछन्। तर यसको फाइदाका बारेमा भने धेरै कम व्यक्तिलाई मात्र थाहा हुनसक्छ। जुन कुनै समयमा पनि तपाईलाई एसीडीटी जस्तो कुनै समस्या महशुस हुने गरेको छ भने राति थोरै सौँफमा पानी राखेर छोडिदिनुहोस्। त्यसपछि बिहान उठेर त्यसलाई पिउनुहोस्। यसो गर्दा एसीडीटीको समस्याबाट राहत मिल्ने गर्दछ।

    ल्वाङ :

    किचनमा मसलाका रुपमा प्रयोग हुने ल्वाङबाट पनि एसीडीटीको समस्याबाट छुट्कारा पाउन सकिन्छ। जुन कुनै समयमा तपाईलाई एसीडीटीको समस्या हुने गर्दछ तब मुखमा ल्वाङ राखेर हल्का चपाउनुहोस् । यसो गर्दा तपाईको पेटलाई राहत मिल्ने गर्दछ।

    सुकमेल :

    एसीडीटीको समस्या छ भने सुकमेल पनि त्यसको अचूक औषधि बन्ने गर्दछ। एसीडीटीको समस्याबाट राहत पाउनका लागि दुई, तीनवटा सुकमेललाई मसिनो बनाए पिस्नुहोस्। त्यसपछि त्यसलाई पानीमा हालेर पिउनु भयो भने एसीडीटीको समस्याबाट राहत पाउन सक्नुहुनेछ। सुकमेल चिसो लागेको छ भने पनि निकै उपयोगी हुने गर्दछ।

    पुदिना :

    पुदिना एसीडीटीका लागि रामबाण मानिन्छ। यो पेटसम्बधी विभिन्न रोगका लागि सहयोगी हुने गर्दछ। यसले एसीडीटीको समस्याबाट छुटकारा पाउनका लागि निकै उपयोगी हुने गर्दछ।

    तुलसी :

    तपाईको घर आँगनमा पाइने तुलसी एसीडीटीको समस्याबाट तुरुन्त राहत दिनमा निकै सहयोगी मानिन्छ। यसले पेटमा एसिडको प्रभाव कम गर्ने र पेटमा ग्यास भरिनबाट रोक्ने गर्दछ। एसीडीटीबाट छुटकारा पाउनका लागि खाना खाएपछि तुलसीको हात चपाउनुहोस्। यसो गर्दा एसीडीटी तुरुन्त कम हुने गर्दछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *