कपाल रङ्ग्याउने अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले यस्तो रोगको जोखिम बढाउँछ !

    कपाल रङ्ग्याउने महिलाहरूमा अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले महिलाहरूमा क्यान्सरको जोखिम बढाउँछ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले हेयर डाईको अत्यधिक प्रयोग

    गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को इन्टरनेसनल एजेन्सी फर रिसर्चका वैज्ञानिकहरूले क्यान्सरको जोखिम बढाउने चीजहरूमा हेयर डाईलाई पहिला नै समावेश गरिसकेका छन् ।

    हेयर डाई र क्यान्सर जोखिमबीचको सम्बन्ध बुझ्नको लागि एक लाख १७ हजार दुई सय महिलाहरूमा अनुसन्धान गरिएको थियो । अध्ययनमा सहभागी जनाएका महिलाहरूमध्ये कुनैलाई

    पनि क्यान्सर नभए र कुनैमा पनि क्यान्सरको पारिवारिक इतिहास थिएन । अध्ययनका लागि ती महिलाहरूलाई ३६ वर्षसम्म ट्र्याक गरेपछि परिणामहरू जारी गरिएको थियो ।

    हेयर डाईमा हुने अमोनिया, पेरोक्साइड, फेनिलेनेडायमाइन, डाइअमीनोबेंजीन, टाउलिन– २, ५–डाइअमीनलगायतका रसायनहरू एकदम खतरनाक हुन्छन् । क्यान्सरको वेबसाइट

    क्यान्सरडट ओर्गका अनुसार हेयर डाईमा प्रयोग हुने केही केमिकलहरू टाउकोको छालाको माध्यमबाट वा यसको गन्ध सासको माध्यमले शरीरमा पुग्छन् । जुन खतरनाक हुन्छ ।

    हेयर डाईको अत्याधिक प्रयोग गर्ने महिलाहरूबाहेक बारम्बार डाई लगाउने हेयरड्रेसर, स्टाइलिस्ट, पार्लर तथा सलुनमा काम गर्ने मानिसहरू पनि जोखिममा हुने अध्ययनले देखाएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *