घरको यी स्थानमा बिर्सिएर पनि नराख्नुहोस् कुचो, सँधै हुनेछ पैसाको कमी !

    धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।

    भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु-याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के के गर्नु हुँदैन ?

    राति झाडु नलगाउनुहोस् :

    वास्तु शास्त्रका अनुसार राती झाडू प्रयोग नगर्नुहोला किनकि यसले दुर्घटनावश तपाईंको जीवनमा अशुभ घटना घट्नसक्नेको सम्भावना रहेको हुन्छ, झाडू प्रयोग गर्नको लागि उत्तम समय बिहान र दिन साँझ ५ बजे मानिन्छ। ५ बजे पछि तपाईं घरमा झाडू नलगाउनुहोस् । राति झाडु लगाउनु अशुभ मानिन्छ ।

    झाडुलाई खुट्टाले नकुल्चनुहोस् :

    तपाईंले विशेष ध्यान राख्नु पर्छ कि तपाईंले कहिल्यै खुट्टा झाडूमा नलगाउनु होस् वा खुट्टाले त्यसलाई छुनु हुँदैन किनभने वास्तुशास्त्रका अनुसार यदि तपाईंले झाडूलाई आफ्नो खुट्टाले छुनुभयो भने धनको देवी लक्ष्मी जी रिसाउँनेछिन् जसको कारणले तपाईंले धेरै समस्याहरूको सामना गर्नुपर्दछ, यस बाहेक तपाईले झाडुलाई नाग्नु पनि हुँदैन ।

    यस्तो स्थानमा लुकाएर राख्नुहोस् :

    वास्तु शास्त्रका अनुसार तपाईले सँधै कुचोलाई आफ्नो घरको यस्तो ठाउँ राख्नु पर्छ जहाँ अरु कोही व्यक्तिले देख्न सक्तैनन्, यस बाहेक तपाईले झाडुलाई सँधै सुताएर नै राख्नुहोस् यसलाई ठाडो पारेर कहिल्यै राख्नुहुँदैन ।

    यस्तो दिशामा झाडु राख्ने गर्नुहोस् :

    तपाईले सँधै घरको दक्षिण-पश्चिम दिशामा झाडू राख्नु पर्छ, यस दिशालाई उत्तम मानिन्छ, थप रूपमा, तपाईंले आफ्नो छाना माथि झाडू कहिल्यै पनि नराख्नुहोस्, यदि तपाईंले यसो गर्नुभयो भने, तपाईले सँधै पैसाको कमी महसुस हुनेछ । र तपाईको सम्पत्ती चोरी हुने सम्भावना पनि रहन्छ ।

    १. घरको ईशान नैऋत्य कोणलाई सफा तथा हलुका सामान राखे राम्रो लाभ मिल्छ ।

    २. यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नुहुँदैन ।

    ३. यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्टका बोरा, ढुंगा, फलाम लगायतका सामाग्रि राख्नुहुँदैन ।

    ४. जुनसुकै अवस्थामा पनि यस दिशामा शौचालय बनाउनु हुँदैन । अन्यथा घरमा कलह हुन्छ ।

    ५. इशान नैऋत्य कोणमा शौचालय भएमा सन्तान अपांग हुने, वंश वृद्धिमा समस्या हुने बताइन्छ ।

    ६.यी दिशामा फोहोरजन्य सामग्री हुँदा सन्तानमा दुष्चरित्रता र दीर्घरोगको समस्या देखापर्छ ।

    ७. घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने हुन्छ ।

    ८. घरको उत्तर पूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन साथै कुनै भग्नावशेष समेत राख्नु हुँदैन ।

    ९. यस कोणमा भान्साघर समेत बनाउनु हुँदैन । यसले हानी गर्छ ।

    इशान दिशामा के गर्ने ?

    घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ । मन्दिरमा भगवान स्थापित गरँई नियमित पुजा गर्नुपर्दछ ।उत्तरपूर्वी दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव हुनुपर्दछ । यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नुपर्दछ । त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्दछ ।

    इशान कोणमा के हुन्छ ?

    यदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ । विद्यालय छ भने विद्यँर्थीहरु पढ्न मन गर्छन् । यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन् । यस ठाउँमा ब्यवसाय, व्यापार गर्दा आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *