वैदिक मन्त्रद्रष्टा ऋषिहरू कश्यप,अत्रि,विश्वामित्र र वसिष्ठको जन्मस्थल र कर्मस्थल नेपाल

    मन कालो भए संसार कालो हुन्छ – कवि शिरोमणि लेखनाथ पौड्याल

    खान पकाउँदा र खाँदा पनि असल कुरा सोच्ने बानी बसाउनुपर्छ – खप्तड स्वामी

    संसारको अवस्था बौलाएको बाँदरलाई चर्कने कमिलाले टोकेको जस्तो छ – डा. रामानन्द गिरि

    आहार अनुसार विचार बन्छ, विचार अनुसार व्यवहार बन्छ – उपनिषद् दर्शन

    आफू जस्तो छ संसार त्यस्तै बनिदिन्छ – गीता

    आफूलाई मात्र पकाउनेहरू आफ्नै पाप खाइरहेका हुन्छन् – गीता

    पापीहरूलाई उनीहरूकै पापले खाइरहेको हुन्छ – श्रीमद्भागवत

    मोहन जोद्दारो र हरप्पालाई ऋग्वेदमा नार्मिणी भनिएको छ – मदनमणि दीक्षित

    योग सूत्रका प्रणेता पतञ्जलिको जन्म गोनर्द पवर्त सृङ्खला (अर्घाखाँची जिल्लाको ऐरावत क्षेत्र) मा भएको हो – प्रा.डा. विष्णुराज आत्रेय

    आफ्नो भनेको पेटमा गएको जति मात्र हो, त्यो पनि पचाउन सकेको जति मात्रै – लोकोक्ति

    पहिले मानिस औषधी नै नखाइ सय वर्ष बाँच्थे तर अहिलेका मानिस गर्र्भैबाट औषधी खान थाल्छन् र पनि निरोगी हुन सकेका छैनन् – लोकोक्ति

    जगत भन्नु नै आफैँ हो, आफ्नै अङ्ग हो । त्यहीँबाट आउँछ र त्यहीँ बिलाउँछ – योगवासिष्ट महारामायण

    दूधभित्र घ्यु र घ्युभित्र दूधको अंश रहे जस्तै जगतभित्र आफू र आफूभित्र जगत्को अंश पनि रहेकै हुन्छ – ऐ.ऐ.

    समुद्र र तरङ्ग देखुञ्जेलका लागि मात्र अलग हुन्, वस्तुतः एउटै हुन् – ऐ. ऐ.

    एउटै मनले संसार चलाउँछ, मन चल्नासाथ संसार पनि चल्न सुरु गर्छ – ऐ. ऐ,

    विन्दू र सिन्धु एउटै हुन्, विन्दूभित्र सिन्धु पनि हुन्छ, सिन्धुभित्र विन्दू पनि हुन्छ – ऐ. ऐ.

    आफू भलो त जगत् भलो – नेपाली उखान

    मन चङ्गा भए लोहोटा गङ्गा बन्छन् – नेपाली उखान

    कसलाई के भनिन्छ

    भगवान् पशुपतिनाथलाई आदि ज्योतिर्लिङ्ग भनिन्छ ।

    डोलेश्वर महादेव केदारनाथको शिर मानिएका छन् ।

    दुई वा सोभन्दा बढी प्रसिद्ध नदीको सङ्गमलाई प्रयाग भनिन्छ ।

    देवघाटलाई आदि प्रयाग भन्ने गरिएको छ ।

    काली गण्डकी संसारको एक मात्र त्यस्तो नदी हो,जहाँ शालिग्राम पाइन्छ ।

    वेदका ऋचालाई मन्त्र भनिन्छ ।

    वैदिक मन्त्रद्रष्टा पुरुषलाई ऋषि भनिन्छ ।

    वैदिक मन्त्र द्रष्टा नारीलाई ऋषिका भनिन्छ,जसको उपस्थिति ऋग्वेदमै २५ भन्दा बढी रहेका छन् ।

    वैदिक मन्त्रद्रष्टा ऋषिहरू कश्यप,अत्रि,विश्वामित्र र वसिष्ठको जन्मस्थल र कर्मस्थल नेपाल मानिएको छ ।

    व्याकरण सूत्रका निर्माता पाणिनि अर्घाखाँची प्रणेनाका निवासी मानिएका छन््,यसैको आधारमा उनको नाम पाणिनी रहेको भनाइ छ ।

    स्रोत – विभिन्न पुस्तक र पत्रपत्रिका

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *