तेजपत्ताको प्रयोग गरि यसरी भगाउनुहोस् साङ्ग्ला, जुम्रा, मुसा,यस्तो छ प्रयोग गर्ने तरिका

    तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ ।

    यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । यस्तै धेरै फाइदाहरु छन् जुन तेजपातको प्रयोगले प्राप्त गर्न सकिन्छ । यहाँ हामीले त्यस्तै जानकारीहरु संकलन गरेका छौँ । कृपया पढ्नुहोला । तेजपत्ताका फाइदा यस्ता छन्:-

    १. सर्पको विष झार्छ: सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ ।

    सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ, भनिन्छ तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

    २. जुम्रा मार्न: टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

    ३. निद्रा राम्रो लाग्छ: यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।

    ४. नाकबाट रगत बग्न रोक्छ: गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

    ५. रुघा–खोकी ठीक पार्छ: रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

    ६. मस्तिष्कको क्षमता बृद्धि गर्न: दालचिनीको प्रयोगले सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *