मलेसियामा सेक्युरिटी गार्डकाे काम गरिरहनु भएका उहाँलाई आफ्नो नाम, आफू मलेसिया आएको कति समय भयो नै याद छैन

    मलेसियामा सेक्युरिटी गार्डकाे काम गरिरहनु भएका उहाँलाई आफ्नो नाम,  आफू मलेसिया आएको कति समय भयो  नै याद छैन

    उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ ।

    उहाँलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पार्नुभएको हो ।

    अहिले उहाँ मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहनुभएको छ । उहाँ त्यही सेक्युरिटीमा काम गर्ने साथीहरूको रेखदेखमा हुनुहुन्छ ।

    उहाँको स्वास्थ्य स्थिति गम्भीर भएका कारण उहाँलाई चिन्ने वा उहाँको बारेमा कुनै पनि जानकारी भए तल दिइएकाे नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

    सम्पर्क–
    नेपाल : कुलप्रसाद कार्की
    ९८५१११३२२१
    मलेसिया : पूर्ण सुब्बा
    + ६० १८३५० ७७३०