हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा !

    कोरोना भाइरसको महामारीका कारण धेरैजसो मानिसहरु अहिले पनि घरबाटै अफिसको काम गरिरहेका छन् । यस्तोमा उनीहरुलाई घण्टौंसम्म हेडफोन तथा इयरफोनको प्रयोग गर्नु परिरहेको छ ।
    लामो समयसम्म लगातार रुपमा हेडफोन प्रयोग गर्दा हरेक दिन नयाँ नयाँ समस्याहरु देखिन थालेका छन् । डाक्टरहरुको भनाइमा यस्ता केसहरु बढी आउन थालेका छन्, जसमा

    धेरैजसो लामो समयसम्म हेडफोनको प्रयोग गर्दछन् ।यसबाट कानमा दुखाइसँगै अन्य प्रकारका हैरानीहरु थपिन थाल्दछन् । यति मात्र होइन, कतिपयमा त विस्तारै सुन्ने क्षमता समेत कम हुँदै गइरहेको छ ।

    अनलाइन कक्षाका कारण बालबालिकामा समेत कानसँग सम्बन्धित समस्या बढ्न थालेका छन् । विद्यार्थीलाई अनलाइन कक्षाका लागि इयरफोन प्रयोग गर्नु परिरहेको हुन्छ ।

    यस्तोमा उनीहरुको कानमा दुखाइ, संक्रमण लगायतका सिकायतहरु देखिन थालेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार पछिल्लो सात/आठ महिनामा हेडफोन तथा इयरपडको प्रयोग कयौं घण्टाले वृद्धि भएको छ ।

    जसबाट कानमा समस्या देखिएका सिकायतहरु समेत बढेका छन् । हरेक दिन पाँच देखि १० जना यस किसिमको समस्या लिएर डाक्टरकहाँ पुग्न थालेको बताइन्छ ।

    जसमा धेरैजसो आठदेखि दश घण्टासम्म हेडफोन प्रयोग गर्नेहरु रहेका छन् । यसरी लामो समयसम्म हेडफोन प्रयोग गर्दा कानमा निकै धेरै दबाब पर्न जान्छ र लगातार रुपमा चर्को बवाज सुन्दा सुन्ने क्षमता समेत ह्रास हुँदै जान्छ ।

    कत्तिको हानिकारक छ हेडफोनको प्रयोग ?

    चिकित्सककाे भनाइमा यदि मानिसहरुले आफ्नो बानी व्यवहार समयमै परिवर्तन नगरे कानमा स्थायी रुपमा नै नोक्सान पुग्न सक्छ । इयर वेक्सका कारण हाम्रो कानमा रहेका कीटाणूहरु प्राकृतिक रुपमा नष्ट भइरहेका हुन्छन् ।

    वेक्सले कानलाई संक्रमणबाट समेत जोगाइरहेको हुन्छ । कतिपय समय हेडफोन लगाउँदा कान चिलाउने गर्छ । यस्तोमा हामी इयरबडको प्रयोग गरिरहेका हुन्छौं ।

    तर यसले कानमा रहेका इयर वेक्स हट्न पुग्छन् र कानको आन्तरिक हिस्सामा कीटाणूको संक्रमणको खतरा बढ्न पुग्छ । त्यसैले घरमा बालबालिका अनलाइन क्लास लिइरहेका छन् भने उनीहरुलाई हेडफोनको प्रयोग गर्न नदिनुहोस्।यदि ल्यापटप वा स्मार्टफोनबाट उनीहरुले क्लास लिइरहेका छन् भने त्यसको आवाज नै सुन्नका लागि पर्याप्त हुन्छ।

    (साभार: टेकपाना)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *