बिरामी पत्नीको हेरचाह गर्नुपरेको भन्दै पतिले ह्यिल्चियरमा राखेर पानीमा केलेर सँधैका लागि बिदा दिए

    अपांग श्रीमतीको हेरचाह गर्दै आएका पतिले अन्तत धोका दिएका छन् । खबर हो जापानको ओइसु सहरको हो ।

    ८१ वर्षीय हिरोशी फुजिवाराले ४० वर्षदेखि आफ्नी श्रीमतीको हेरचाह गर्दागर्दै थाकेको भन्दै जीवनको उत्तरार्धमा पत्निलाई समुद्रको पानीमा धकेलेर सँधैका लागि बिदा दिएका छन् । उनले आफ्नी श्रीमतीलाई समुद्रको पानीमा धकेले र उनी छोराकहाँ पुगे र सबै कथा सुनाए ।

    वास्तवमा ति महिला खुट्टाले हिँड्न सक्दिनथिन् । उनी ह्वीलचेयरमा बसेर हिँड्थिन् । ७९ वर्षीय तेरुको सँगै घुम्ने बहानामा श्रीमतीलाई समुन्द्र किनारमा लिएर गएका उनी एक्लै फर्किए । २ अक्टोबर साँझ करिब ५ : ३० बजे हिरोशी आफ्नी श्रीमतीसँग बन्दरगाह पुगे र त्यहाँबाट श्रीमतीलाई समुद्रमा फाले ।

    साँझ ७ बजे छोराले प्रहरीलाई फोन गरेर भने– ‘आमालाई समुन्द्रमा धकेलेको बुबाले बताएको रहस्य खोले लगत्तै प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो ।

    प्रहरी पुग्दा शव तैरीरहेको अवस्थामा फेला परेको बताइउको छ । घटनाको भोलिपल्ट हिरोशीलाई पक्राउ गरियो र उनले आफ्नो अपराध स्वीकार गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *