डिप्रेसनबाट छुटकारा पाउनेे १० उपायहरु…

    डिप्रेसन मूलत मानसिक समस्या हो । तर, डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

    डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भयो भने उपचार जटिल हुँदैन । त्यसबाट सजिलै उम्कन सकिन्छ । त्यसैले डिप्रेसनको लक्षणबारे सबैले बुझ्नैपर्छ । आफुमात्र होइन, आफ्ना परिवार समेत डिप्रेसनमा छ/छैन भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

    यी अवस्थामा डिप्रेसन भएको हुनसक्छ

    – राम्ररी निद्रा नलाग्नु
    – भोक कम लाग्नु
    – अपराध महसुस गर्नु
    – जतिबेला पनि उदास रहनु
    – आत्मविश्वासको कमि
    – थकान र सुस्तता महसुस हुनु
    – यौन उत्तेजनाको अभाव
    – मादक पदार्थ सेवन गर्नु
    – एकाग्रतामा कमी
    – आत्महत्या गर्ने सोच
    – कुनै पनि काममा रुची नलिनु

    कसरी बच्ने न यसबाट ?

    डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु । आफ्नो नियमित जिन्दगीमा सानोतिनो सुधार ल्याएर व्यवस्थित गरौ । आफू र आफ्नो शरीरका लागि समय दिनुपर्छ । यो कसरी गर्ने त, आउनुस चर्चा गरौं ।

    १. कुरा गरौं, सहयोग मागौ

    डिप्रेसनमा परेका व्यक्तिहरुले यसबाट बाहिर निस्किनका लागि आफ्नो मनले खाएका पि्रयजनहरुसँग नियमित सम्पर्कमा रहनुपर्छ । उनीहरुलाई खुलेर आफ्नो समस्याहरु सेयर गर्नुस र परिस्थितिसँग लड्नका लागि उनीहरुको मद्दत माग्नुस् ।

    यसमा अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा छैन ।सबैभन्दा नजिकका साथीहरुले खराब समयबाट बाहिर निकाल्दैनन् भने अरु कसले निकाल्छ ?

    २. स्वस्थ खाना र व्यायाम

    स्वस्थकर र सन्तुलित कानपानबाट मन खुशी रहन्छ । यसैगरी, कैयन् वैज्ञानिक सोधले प्रमाणित गरेका छन् कि डिप्रेसन हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको व्यायाम हो । हामीले व्यायाम गर्दा सेरोटोनिन र टेस्टोस्टेरोनजस्ता हार्मोनहरु रिलिज हुन्छन् जसले दिमागलई स्थिर गर्छ ।

    डिप्रेसनलाई बढाउने खालका विचारहरु आउन रोकिन्छ । व्यायामले हाम्रो शरीरलाई स्वस्थ मात्र बनाउँदैन, बल्कि शरीरमा सकारात्मक उर्जाको सञ्चारसमेत गर्छ ।

    ३. आफूभित्रको लेखकलाई फेरि जगाउने

    भनिन्छ कि आफूभित्रको भावना यदि अरु कसैसँग व्यक्त गर्न सकिँदैन भने कागज र कलम लिएर त्यसलाई अक्षरमा उतार्नुपर्छ । लेख्दा मनमा भएको कुण्ठाहरु पोखिन्छन् । यसका अलावा आत्मनिरिक्षण र विश्लेषण गर्न पनि मद्दत मिल्छ ।

    डायरी लेखेर मानिसहरु चमत्कारी ढंगबाट डिप्रेसनमुक्त भएको धेरै भेटिन्छ । आजका ब्लगको विकल्प पनि छ । अथवा, फेसबुकमा पनि आफ्ना विचारहरु अभिव्यक्त गर्न सकिन्छ ।

    ४. साथीसँग नजिकिने, नकारात्मक व्यक्तिसँग टाढिने

    असल साथीहरुले हाम्रो मुडलाई राम्रो बनाइराख्छन् । उनीहरुबाट हामीले आवश्यक सहानुभूति पनि प्राप्त गर्न सकिन्छ । उनीहरुले हाम्रो कुरालाई ध्यानपूर्वक सुन्छन् । डिप्रेसनका दौरानमा यदि हाम्रो मनोभावलाई कसैले धैर्यता र ध्यानपूर्वक सुन्यो भने पनि हामीलाई राम्रो लाग्छ ।

    असल साथीहरुसँग नजिक हुनुका अलावा नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग यतिबेला टाढा बस्नु आवश्यक छ । अन्यथा उनीहरुले हाम्रो मनोबल गिराउँछन् ।

    ५. जागिरको समिक्षा गरौं

    आजकाल कार्यस्थलमा कर्मचारीहरुलाई खुशी राख्ने विषयमा ठूला ठूला कुरा गरिन्छन् । तर, वास्तविकता भने अलग हुन्छ । यदि हामी पनि कार्यस्थलमा तनावयुक्त महसुस गरिन्छ भने आफ्नो जागिरबारे पुनर्विचार गर्नुपर्छ ।

    हुन सक्छ जागिर नै हाम्रो चिन्ताको प्रमुख कारण होस जसले हामीलाई डिप्रेसनतर्फ धकेलेको होस । यस्तो जागिर त्यागिदिनुस ताकि तनावमुक्त भएर बाँच्न सकियोस । हामी यसको विकल्पमा अरु काम खोज्न सकिन्छ । तर, खाली नबसौं ।

    ६. नियमितरुपमा छुट्ट लिने

    एउटै अफिस, शहर र दिनचर्याले पनि मानिसहरुलाई बोर गर्छन् र विस्तारै नकारात्मकतातर्फ लैजान्छन् ।

    माहौल बदलिइरहँदा नकारात्मक विचारलाई टाढा राख्न मद्दत मिल्छ । यदि लामो विदा पाइएन भने सप्ताहान्तमा नै कतै निस्कनुपर्छ । अनुसन्धानले के देखाएको छ भने नियमितरुपमा विदा बस्ने व्यक्तिहरुको तुलनामा विदा कम बस्ने व्यक्तिहरु बढि तनावमा रहन्छन् ।

    ७. पर्याप्त सुत्ने

    एउटा आनन्दको निद्राले हामीलाई सकारात्मक उर्जाले भरिदिन्छ । अध्ययनबाट पत्ता लागेको छ कि दैनिक ७ वा ८ घन्टा सुत्ने व्यक्तिहरुमा डिप्रेसनको लक्षण कम देखिन्छ । त्यसैले व्यस्तताका बाबजुद आफ्नो निद्रासँग सम्झौता नगरौ ।
    ८. हल्काफुल्का संगीत सुनौ

    जब मानिसहरु डिप्रेसनबाट ग्रस्त हुन्छन्, मिठो संगीत सुन्दा उनीहरुलाई आनन्द लाग्छ । यो तथ्य कैयन वैज्ञानिक सोधहरुले पुष्टि गरिसकेका छन् । त्यसैले जब तपाईं मानसिकरुपले समस्यामा हुनुहुन्छ, आफ्नो मन पर्ने संगीत सुनौ ।

    संगीतमा मानिसको मुड बदल्ने र मनलाई अवसादबाट बाहिर निकाल्ने अद्भुत शक्ति हुन्छ । तर, अति दुखी गीतहरु चाहिँ नसुनौ । यसले उल्टै डिप्रेसनलाई बढाउँछ ।

    ९. पुराना कुराहरु नसोचौ

    आफ्ना पुराना गल्तिहरु सम्भिmने र त्यसमा पछुतो मान्ने गरियो भने झनै डिप्रेसनको चंगुलमा फसिनेछ । पुराना कुराहरु हाम्रो नियन्त्रणमा हुँदैनन् । त्यसलाई दिमागमा राखेर के फाइदा ? पुराना कुराहरु सोच्नुभन्दा आजमा केन्दि्रत हुने ।

    १०. मानिससँग घुलमिल हुने

    डिप्रेसनबाट ग्रस्त भएको व्यक्तिले आफूलाई बाँकी दुनियाबाट टाढा राख्नु नै सबैभन्दा सजिलो समाधान ठान्छ । किनभने आफ्नो समस्या अरु कसैले पनि बुझ्दैनन् भन्ने उसलाई लाग्छ ।

    तर, यसो गर्दा डिप्रेसनको समाधान होइन उल्टो फल्ने फुल्ने मौका पाउँछ । यदि आफ्ना नजिकका आफन्त र साथीहरुसँग पनि आफ्ना कुराहरु सेयर गर्न सकिएन भने मनोचिकित्सकको सल्लाह लिनुस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *