काँचो मेवा : छालामा उमेरको असर देखिने छैन तर गर्भावस्थामा खतरनाक

    पाकेको मेवाका फाइदाबारे तपाईं जानकार हुनुहुन्छ ।

    यो पनि सुनेको हुनुपर्छ कि पाकेको मेवा एक मात्र यस्तो फल हो जसमा लगभग सबै भिटामिनहरू पाइन्छ । स्वाद र स्वास्थ्यले भरिपूर्ण मेवा काँचै पनि खान सकिन्छ । काँचो मेवाको स्वाद पाकेको मेवाभन्दा धेरै हिसाबले कम हुन्छ तर यो स्वास्थ्यका लागि कुनै पनि हिसाबले कम फाइदाजनक भने हुँदैन । तर कतिपय अवस्थामा काँचो मेवा हानिकारक पनि हुनसक्छ । यस्तो अवस्थामा तरकारी, सलाद, सूप वा स्मूदीको रूपमा काँचो मेवा खानुअघि यी कुराहरू थाहा पाउनुहोस् । साथै, यसलाई खाने सही तरिका बारे पनि जानकारी लिनुहोस् ।

    काँचो मेवा मधुमेह रोगीहरूका लागि आलुको विकल्प हो: भारतकी पोषणविद् प्रियंका सिंह भन्छिन्, ‘काँचो मेवामा भिटामिन–बी, भिटामिन–सी, पोटासियम, फाइबर, फोलेट, आइरन र म्याग्नेसियम बाहेक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । अन्य पोषक तत्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्न शक्ति दिन्छ । यस्तै, फाइबरले मोटोपना कम गर्छ । काँचो मेवा मधुमेह रोगीका लागि वरदान हो ।

    यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेह रोगीले काँचो मेवालाई आलुको विकल्पको रुपमा खान सक्छन् ।’ साथै, मेवामा पाइने पपाइनले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसले ग्यास र कब्जियतबाट छुटकारा दिलाउन सक्छ । यसका साथै काँचो मेवाले पेटको पीएच लेभललाई पनि कायम राख्छ ।

    फाइब्रिनले मुटुलाई स्वस्थ राख्छ, रगतलाई पातलो बनाउँछ: काँचो मेवामा फाइब्रिन पाइन्छ । जसले रगत जम्नबाट रोक्छ । जसका कारण हृदयाघातको सम्भावना निकै कम हुन्छ । यही कारणले मुटु रोगीलाई काँचो मेवा खाने सल्लाह दिइन्छ ।

    छालालाई जवान राख्छ, उमेरको प्रभाव देखाउँदैन: मेवामा पाइने पपाइन एन्जाइमले छालालाई पनि स्वस्थ राख्छ । यसले अनुहारको चाउरीपना र दाग कम गर्छ । जसको छालालाई जवान राख्छ । काँचो मेवामा पाइने विभिन्न भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्स छालाको लागि निकै फाइदाजनक हुन्छ ।

    गर्भवती महिलाका लागि हानिकारक छ मेवा: गर्भावस्थामा मेवा हानिकारक छ । तर महिनावारीको समयमा यसलाई खाँदा दुखाइबाट आराम मिल्छ । स्तनपान गराउने आमाहरूलाई विशेष गरी काँचो मेवा खाने सल्लाह दिइन्छ । यसले दूध बढाउँछ । काँचो मेवा उमालेर वा काँचै खान सकिन्छ । यस बाहेक यसको पकौडा, तरकारी, सलाद, सुप र स्मूदी पनि बनाइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *