दैनिक आलु खानुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् ,नत्र हुनसक्छ स्वस्थ्यका लागि घातक !

    आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ ।

    अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ ।आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता

    अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ।

    चाहुरि परेको आलु:

    लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ। आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ।यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ। यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ।

    हरियो रंग:

    बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ। यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ ।

    आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ। टुसा आएको आलु: आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ। अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ। तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन।

    यसो गर्दा पुग्छ फाइदा:

    आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *