बाहुबली’ एनिमेटेड श्रृंखलाको रुपमा आउँदै, राजामौलीले गरे घोषणा

    काठमाडौं । भारतीय फिल्म निर्देशक एसएस राजामौलीको ‘बाहुबली’ दर्शकको मनमा यति धेरै गडिएको छ कि आज पनि दर्शक तेस्रो भागलाई लिएर अधैर्य छन् । यो फिल्मको पहिलो भाग ‘बाहुबली : द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो ।

    यो फिल्मलाई दर्शकले यति रुचाएका थिए कि केही महिनासम्म हलमा हाउसफुल चलिरह्यो । सन् २०१७ मा फिल्मको दोस्रो भाग ‘बाहुबली : द कन्क्लुजन’ आयो । यसले पनि बक्स अफिसमा आँधी ल्यायो ।

    यो फिल्मले कमाइको हिसाबले धेरै फिल्मको कीर्तिमान तोडेको छ । यतिबेला निर्देशक राजामौली ‘बाहुबली’को एनिमेटेड सिरिज लिएर आउँदैछन् ।

    निर्देशक राजामौलीले सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै यो सिरिजको घोषणा गरेका हुन् । सिरिजको नाम ‘बाहुबली : द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड श्रृंखला हो ।

    फिल्मको कथा र कलाकारबारे खुलाइएको छैन । यो फिल्मको घोषणापछि फ्यान उत्साहित छन् र कथा जान्न पनि उत्सुक छन् । राजामौलीले सेयर गरेको भिडियो हेर्दा ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ ।

    भिडियो सेयर गर्दै राजामौली लेख्छन्, ‘जब महिष्मतीका मानिसले उनको नाम जप्छन्, ब्रह्माण्डको कुनै शक्तिले उनीहरूलाई फर्किनबाट रोक्न सक्दैन । एनिमेटेड सिरिज ‘बाहुबली : क्राउन अफ ब्लड’को ट्रेलर चाँडै आउँदैछ ।’

    एनिमेटेड श्रृंखलाको घोषणा भएदेखि नै फ्यान यसबारेमा जानकारी लिन निकै उत्सुक छन् । एक फ्यान लेख्छन्, ‘सुपर बाहुबली ।’ अर्का प्रयोगकर्ताले यो नेटफ्लिक्समा आउने हो त भनेर सोधेका छन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हाम्रो बाहुबली आइसकेको छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *