घर बनाउनुअघि जान्नैपर्छ यी १२ कुरा

    घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं ।

    तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले । अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।

    घर बनाउनुअघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो । साथै कुन दिशामा फर्किएको घर राम्रो भन्ने वास्तु विज्ञानमा स्पष्ट हुन्छ । यसले आफुले निर्माण गर्ने घर आसपासमा वहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर गरेको हुन्छ । त्यसैले वास्तु विज्ञानलाई उपेक्षा गर्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ ।

    घर, पसल, वा प्लट खरिद गर्नुअघि त्यसको बनावट, वातावरण, धरातल, मुलभूत ढाँचाको समीक्षा गर्नुपर्छ । भूमीको चयन गर्नु त्यती सजिलो छैन, जति हामी ठान्ने गर्छौं । अत: घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।

    १. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

    २. वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।

    ३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।

    ४. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।

    ५. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।

    ६. ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।

    ७. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।

    ८. त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।

    ९. भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

    १०. मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।

    ११. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।

    १२. दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

    १३. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *