यस्ता हुन्छन् कम्मर र गालामा काेठी हुने मान्छे

एजेन्सी । साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ मानिन्छ भने पुरुषको दायाँ अंगमा हुने कोठीलाई शुभ मानिन्छ । ज्योतिष शास्त्रको मान्यता अनुसार कतिपय कोठीका माध्यमले समेत व्यक्तित्व र भाग्य बारे जान्न सकिन्छ ।

ज्योतिषिय मान्यता अनुसार कम्मरमा कोठी हुनु अशान्त मनको सुचक हो । यस्ता व्यक्ति अक्सर मानसिक समस्या र चिन्तामा रहने मान्यता छ । तर महिलाको हकमा भने कम्मरमा कोठी भएमा यस्ता महिला रोमान्टिक हुने मान्यता छ ।

कोठीको आकारलाई समेत ज्योतिष शास्त्रमा महत्वपुर्ण मानिन्छ । ठुलो कोठी भएमा सामान्यतया राम्रो सुचक मानिन्छ । अझ टाउको वा दाइने तर्फ कोठी भएमा यसले ऐश्वर्य र सुख भाग्य दिने प्रतिकको रुपमा मानिन्छ ।

यस्तै दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ । कानमा कोठी हुनेको आयू छोटो हुन्छ । गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ । बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ । दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *