यी ४ घरेलु उपाय जसले तपाइको पसिनाको दुर्गन्ध हटाउन मद्दत गर्दछ।

    एजेन्सी । गर्मी मौसममा पसिना आउनु सामान्य नै हो । तर कतिलाई जाडोमा पनि पसिना आउने समस्या हुन्छ । पसिनासँगै शरीर गन्हाउने समस्याले भने चिन्ता बढाउँछ । पसिनाको गन्ध कम गर्न मानिसहरु विभिन्न प्रकारका कस्मेटिकको प्रयोग गर्ने गर्छन् । तर यस्ता चिजहरु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसका लागि घरेलु उपायहरु अपाउन सकिन्छ ।

    सिरेबिरे नुन : सबै घरहरुमा सिरेबिरे नुन पाइन्छ । यसमा क्लिन्जिङ गुण पाइने भएकाले शरीरमा आउने पसिनाको दुर्गन्ध कम गर्न मद्दत गर्छ । यसको लागि एक बाल्टी मनतातो पानीमा सिरेबिरे नुन मिसाएर नुहाउने गर्दा शरीरमा पसिनाको गन्ध हराएर जान्छ ।

    बेकिङ सोडा : बेकिङ सोडामा एल्कलाइन नामक तत्व हुन्छ । यसले शरीरमा गन्ध निकाल्ने ब्याक्टेरियालाई नियन्त्रण गर्छ । शरीरमा दुर्गन्ध पैदा गर्ने एसिडलाई पनि नियन्त्रण गर्छ । यसका लागि सबैभन्दा पहिले २ देखि ३ चम्चा सोडा पानीमा मिसाएर पेस्ट तयार गर्ने र पसिना आउने ठाउँमा लगाएर सुख्खा हुन दिने त्यसपछि पखाल्ने गर्दा शरीरको दुर्गन्ध हराएर जान्छ ।

    ग्रिन टी ब्याग : ग्रिन टी ब्यागमा एन्टिअक्सिडेन्ट र डिटोक्सिफाइङ गुण पाइन्छ । यसले शरीरमा दुर्गन्ध कम गर्छ । त्यसका लागि ग्रिन टीको ब्याग लिने र त्यसलाई पानीमा डुबाएर छोड्ने । त्यसपछि त्यसलाई ५ मिनेटसम्म छोड्ने त्यसपछि चिसो पानीले पखाल्ने गर्दा शरीरबाट आउने पसिनाको दुर्गन्ध हराउँदै जान्छ ।

    टमाटरको रस : टमाटरमा भारी मात्रामा भिटामिन–सी पाइन्छ । र, यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले छालामा आउने दुर्गन्धलाई नियन्त्रण गर्छ । यसले शरीरको सतहमा हुने ब्याक्टेरियालाई पनि मार्ने काम गर्छ । टमाटरको रस निकालेर कटनले प्रभावित भागमा लगाउने र १० मिनेटपछि पखाल्ने गर्दा पसिनाको दुर्गन्ध हराउँदै जान्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *