सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ । यता चितवनको माडी नगरपालिका-२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर एक महिलाको मृत्य
Related Posts
देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्ने महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल
काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल...
तारा एयरले सुरू गर्यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
दानबहादुर बुढा मुगु, मंसिर । तारा एयरले सुर्खेतबाट कर्णालीका तीन...
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत
काठमाडौँ, १९ मंसिर । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष...