कुन रोगबाट पीडित छन् त् प्रियंका चोपडाका श्रीमान निक जोनस ?

    बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस इन्फ्लुएन्जा ए भनिने रोगबाट पीडित छन्। जसका कारण उनले शो पनि रद्द गरेका छन् । भारत र विदेशमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी प्रियंका चोपडा यतिबेला निकै समस्यामा छिन् ।

    उनको समस्याको कारण उनका पति निक जोनसको बिमारी हुनु हाे । निक जोनसलाई गम्भिर रोगले ग्रसित गरेको खबर बाहिर आएको छ । जसका कारण निकले सबै शो रद्द गरेका छन् । रिपोर्ट अनुसार निक जोनस इन्फ्लुएन्जा ए बाट संक्रमित भएका छन्, जसका कारण उनी निकै चिन्तित छन् ।

    निक जोनसले हालै आफ्नो एउटा भिडियो सेयर गरेका छन् । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियोमा निकले आफ्ना सबै स्टेज शो रद्द गरेकाे बताएका छन् । निकले सेयर गरेको भिडियोमा उनले आफ्नो बिरामी भएको पनि पुष्टि गरेका छन् । निकले भिडियोमा शो रद्द गरेकोमा आफ्ना फ्यानसँग माफी पनि मागेका छन् ।

    भिडियो सेयर गर्दै निक जोनसले केही दिन अघि मेरो शरीरमा अनौठो अनुभूति भइरहेको थियो । जब म ब्यूँझें, मेरो घाँटीबाट आवाज निस्किरहेको थिएन। त्यतिबेला म कन्सर्टको अभ्यास गरिरहेको थिएँ र दुई–तीन दिनदेखि मेरो अवस्था निकै नाजुक हुँदै गइरहेको थियो । मलाई ज्वरो, घाँटी दुख्ने र शरीर दुखेको भनेका छन् ।

    यस बाहेक उनले भने, म तपाईहरुलाई निराश पार्न चाहन्न, किनकि तपाईले हामीलाई धेरै समर्थन गर्नुभयो। धेरै व्यक्तिहरू कार्यक्रममा उपस्थित हुन छोडेका हुन सक्छन्, तर म यसका लागि धेरै अफसोस छु। म छिट्टै निको हुने प्रयासमा छु। यो पोस्ट सेयर गर्दै निकले क्याप्सनमा लेखेका छन् कि उनी इन्फ्लुएन्जा ए नामक रोगबाट ग्रसित छन् र यसै कारणले गीत गाउन सक्दैनन् । उनले मेक्सिकोमा हुन लागेको शोमा सहभागी हुन नसक्ने पनि बताएका छन् । पोस्टमा, निकले भनेका छन् कि उनको शो अब अगस्टमा हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *