कुन सपना देखेमा के हुन्छ ? जानी राखौ

    भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

    यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ :

    १. अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति । २. अलि अलि बादल देखे – रोगबाट लाभ । ३. ऊँट देखेमा – अपार धन प्राप्ति हुनु । ४. आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु । ५. आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।

    ६. आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु । ७. ओढ्ने कम्बल देखेमा – बदनाम हुनु । ८. औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता । ९. कलम देखेमा – महान व्यक्तिसँग भेट हुनु । १०. कपाल देखेमा – धनलाभ हुनु ।

    ११. कपास देखेमा – रोगबाट मुक्त हुनु । १२. कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु । १३. किला ठोकेको देखेमा – बुढो मान्छेबाट लाभ । १४. कोईला देखेमा – व्यर्थमा झगडा हुनु । १५. कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु । १६. कुवाको पानी देखेमा – विविध लाभ र बिजय । १७. कैची देखेमा – झगडा र विवाद बढ्नु । १८. घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु । १९. घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु २०. घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।

    २१. घोडा देखेमा – संकट नाश हुनु । २२. घोडा चढेको देखेमा – ठूलो पद पाउनु । २३. चश्मा लगाएको देखेमा – विध्दता बढ्नु । २४. जंगल देखेमा – दु:ख नाश र बिजय । २५. जहाज देखेमा – परिशानी हट्नु र व्यय ।

    २६. चाँदि देखेमा वा पाएमा – धन र अहंकार बृध्दि । २७. झरना देखेमा – दु:ख दुर हुनु । २८. टोपी देखेमा – दु:ख नाश भएर, उन्नति हुनु । २९. ठूलो पर्खाल देखेमा – सम्मान बढ्नु । ३०. डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु ।

    ३१. ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु । ३२. ढोका बन्द देखेमा – परेशानी र चिन्ता हुनु । ३३. दलदल देखेमा – सन्तान प्राप्ति हुनु । ३४. दाँत भाँचिएको देखेमा – दु:ख र झन्झट हुनु । ३५. दाँत माझेको देखेमा – पापको प्रायश्चित हुनु ।

    ३६. धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु । ३७. पर्वत चढेको देखेमा – पदोन्नति वा प्रसिध्द हुनु । ३८. पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम । ३९. प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने ।४०. पानी पिएको देखेमा – राज्यबाट लाभ ।

    ४१. फलाम देखेमा – कुनै धनवानद्वारा लाभ । ४२. बजार देखेमा – दरिद्रताको नाश हुनु । ४३. बलेको दियो देखेमा – आयु बृध्दि हुनु । ४४. बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दु:ख । ४५. बादल देखेमा – विरक्ती र परिशानी बढ्नु ।

    ४६. बिरालो देखेमा – चोरी हुनु, शत्रु बढ्नु । ४७. भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु । ४८. भूकम्प देखेमा – सन्तानलाई कष्ट र दु:ख । ४९. मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु । ५०. मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु ।

    ५१. मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु । ५२. रत्न या मणि देखेमा – दु:ख बढ्नु, अपव्यय हुनु । ५३. रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय । ५४) रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु । ५५) लठ्ठी देखेमा – ठूलो नाम हुनु ।

    ५६) वर्षा देखेमा – सुख र प्रशन्नता प्राप्त हुनु । ५७) सुकेको बगैचा देखेमा – विपत्तिमा फस्नु । ५८) सुख्खा अन्न खाएमा – कष्ट र व्यर्थ परिशानी हुनु ।५९) सुगन्ध लगाएको देखेमा – विद्वान र पण्डित हुनु ।६०) सुपारी खाएको देखेमा – रोगबाट मुक्ति पाउनु ।

    ६१) सुराही देखेमा – आवारासँग संगत हुनु । ६२. सेतो पूल देखेमा – दु:खबाट छुट्कारा पाउनु । ६३. सिंहासन देखेमा – धेरै सुख पाउनु । ६४. हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु । ६५. ओच्छयान लगाएको देखेमा – दीर्घायु र सुख वृध्दि ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *