किन गर्भवती महिलाले मेवा खानुहुँदैन ? कारण यस्ता छन्

    मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

    मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ ।

    मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ । मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ ।

    फाइदा
    कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ । यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

    विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।

    गर्भावस्थामा मेवाको सेवन गर्नु हुँदैन । मेवामा लेटेक्स पाइन्छ । जसले पाठेघर साँघुरिने जोखिम हुन्छ । र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ । स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ । अधिक मेवाको सेवन जन्डिसको कारण बन्न सक्छ ।

    नाकमा समस्या भएका, दमका रोगी र स्वास सम्बन्धि समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । मेवाको अधिक सेवनले पत्थरीको जोखिम पनि रहन्छ । एक वर्षभन्दा कम उमेरका बालकालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन ।

    कारण
    १. मेवाको सबैभन्दा बढि हानी हुने भनेको गर्भवती महिलाका लागि हो । मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ ।

    २. मेवाको सेवन केवल गर्भावस्थामा मात्र होइन सन्तान भएपछि पनि हानिकारक हुन्छ । मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैले बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनु हुँदैन ।

    ३. क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

    ४. मेवाको सेवनले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर मधुमेहका साथै रक्तचापका रोगीहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुँदैन ।

    ५. मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना निम्त्याउँछ ।

    ६. पेटमा समस्या भएका वा झाडापखला लागेका मानिसले मेवाको सेवन गर्दा झन् पखाला लाग्ने सम्भावना हुन्छ ।

    ७. मुटु रोग र औषधी सेवन गरिरहेका मानिसले समेत मेवाको सेवन गर्नु हुदैन । साथै दिनमा एकभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *