सर्वोच्च परिसरबाट तारा बरालसहित ६ जना पक्राउ

    काठमाडौँ । सन्दीप लामिछानेलाई न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *