निधन भएको व्यक्तिको यी ३ चिज भुलेर पनि प्रयोग नगर्नुहोस्, लाग्न सक्छ पितृ दोष !

    हिन्दु धर्ममा गरुड पुराणको विशेष महत्त्व छ। व्यक्तिको निधनपछि गरुण सुन्ने व्यवस्था रहेको छ। गरुड पुराणका भगवान विष्णु हुन्। गुरु पुराणमा २७१ अध्याय र १८ हजार श्लोक छन् ।यससँगै मानिसको मृत्युपछिको कुन योगमा हुन्छ र कस्तो योनीमा जन्मिनेछन्, यी सबै कुरा गरुड पुराणमा उल्लेख गरिएको छ। गरुण पुराणमा व्यक्तिको निधनपछि उसको यी ३ चिज कहिल्यै प्रयोग गर्नु हुँदैन। अन्यथा पितृ दोषको भागेदार हुन सक्नु हुनेछ। आउनुहोस् जान्नुहोस् यी ३ कुरा के हुन्…

    गरुड पुराणका अनुसार मृतकको लुगा कहिल्यै प्रयोग गर्नु हुँदैन। यसो गर्दा मृतकको आत्मा त्यस व्यक्तिसँग जोडिन्छ। जसले निधन भएको मानिसको कपडा प्रयोग गर्दछ। यस्तो अवस्था मृतकको सम्झनाले उसलाई सताउन थाल्छ।

    जसका कारण उनी मानसिक र शारीरिक रुपमा कमजोर बन्दै जान्छन्। त्यसैले निधन भएको मानिसको लुगा भुलेर पनि लगाउनु हुँदैन। मृतकको लुगा दान गर्न सक्नुहुन्छ। जसले गर्दा उनको आत्माले शान्ति पाउँछ।

    गरुड पुराणका अनुसार मृतकको गहना कहिल्यै प्रयोग गर्नु हुँदैन। किनकि गहना मृत व्यक्तिको ऊर्जाको स्रोत पनि हो। साथै मृतकलाई लुगाभन्दा गहनामा बढी लगाव हुन्छ।त्यस्तै मृतकको गहना अरु कसैले लगाउँदा उसको आत्मालाई असहज महसुस हुन थाल्छ। यससँगै मृतकको आत्माले मानिसलाई सताउन थाल्छ। साथसाथै आत्माले मुक्तिको बाटोमा हिँड्नुको सट्टा मृत्यु लोकमा आफ्ना आफन्तहरूलाई दुःख दिन थाल्छ। त्यसैले मृतकको गहना पगालेर अन्य केही वस्तु बनाउनु पर्दछ। नभए मन्दिरमा दान गर्नुपर्छ।

    मृत व्यक्तिको घडी कहिल्यै प्रयोग नगर्नुहोस्। किनभने घडी ऊर्जाको मुख्य स्रोत पनि हो। त्यस्तै घडी पनि सधैँ व्यक्तिसँग हुन्छ। त्यसैले मृतकको घडी प्रयोग गर्नु हुँदैन। त्यसैले मृतकको घडी दान गर्न सक्नुहुन्छ। अन्यथा पितृ दोष लाग्न सक्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *