घट्यो सुनको मूल्य, कतिमा हुदैछ त कारोबार

    साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य १० रुपैंयाले घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *