फेरी प्रधानमन्त्रीले विस्वासको मत लिनु पर्ने

उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

यस संगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने छ। नेपालको संविधानको धारा १०० मा विश्वासको मतबारेको व्यवस्था छ । धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ । ‘ भनि उल्लेख गरिएको छ । जसपा नेपालले समर्थन फिर्ता लिए संगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु पर्ने भएको हो  । २०७९ मा निर्वाचन भएर प्रधानमन्त्री बने पछि प्रचण्डले यस अघि नै ३ पटक विश्वासको मत लिइसकेका छन् ।

अहिलेको सरकारमा उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री थिए । उनले बिहान नै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *