अस्पतालमा भर्ना भइन राखी !

    नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । अभिनेत्रीको हालत निकै गम्भीर रहेको उनका पूर्व पति रितेश सिंहले बताएका छन् । राखीलाई कयौं गम्भीर रोग लागेको उनको भनाइ छ । राखीको मिर्गौला र मुटुमा समस्या देखिएको बताइएको छ । ‘डाक्टरका अनुसार राखीको पेट फुलेको छ । मिर्गौला बिग्रिएको छ अनि मुटुमा पनि समस्या छ ।’ रितेशले भने । डाक्टरले परीक्षण गरेको भएपनि सबैको रिपोर्ट आइनसकेको बताइएको छ । ट्यूमरको आकार अलि ठुलै रहेको र यसमा क्यान्सर छ कि छैन भनेर जाँच भइरहेको पनि रितेशले बताए । समग्रमा राखीको स्थिति राम्रो नभएको उनले बताए । अभिनेत्री मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको बताइएको छ । राखीको पेटमा ट्युमर भएको बताइएको छ । राखी बिरामी परेको खबरबारे फ्यान्स र नेटिजनसहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा राखी अस्पतालको बेडमा सुतिरहेको तस्बिरहरू भाइरल भइरहेका छन् । केही नेटिन्सले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् । केहीले भने अभिनेत्रीको अस्पताल भर्नालाई ड्रामा भनिरहेका छन् । केहीले उनी मुम्बईमा घुमिरहेको देखिएको भन्दै यो खबरलाई अप्रत्याशित भनेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *