अनुहार गोरो बनाउने उत्कृष्ट उपाय, थाहा पाऔं प्रयोग गर्ने तरिका

    बेसारमा एन्टी ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चाउरी पर्नबाट मद्दत गर्दछ । ब्युटी एक्सपर्ट शीला एन किशोरका अनुसार बेसारले छालालाई गोरो बनाउन निकै सहयोग गर्दछ । छालामा लगाउनका लागि बजारमा पाइने बेसारभन्दा घरको बेसार प्रयोग गर्दा राम्रो हुन्छ । बेसारमा बेसन, कागतीको रस र दही मिसाएर अनुहारमा लगाउनुहोस् । यसले गोरी बनाउँछ । बेसारमा मह र ओलिभ ओइल मिसाएर छालामा लगाउनुहोस् । यसले छाला खस्रो हुनबाट जोगाउँछ र अनुहार चम्किलो बनाउँछ । जैतुनको तेलमा एक चुट्की बेसारको पाउडर मिसाएर अनुहारमा हल्का मालिश गर्नुहोस् । यसले चाउरीपनाबाट जोगाउँछ । आलुको रसमा बेसारको पाउडर मिसाएर आँखाको मुनी ‘डार्क सर्कल’ मा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसले डार्क सर्कललाई हटाउन सहयोग गर्दछ । दुधको तरमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । यसले अनुहारको चमक बढाउँछ । बेसनमा दही र बेसार मिसाएर हाथ–खुट्टामा लगाउँदा छाला गोरो हुन्छ । महमा गुलाब जल र बेसार मिसाएर गर्धनमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसो गर्दा छाला गोरो हुन्छ ।गोलभेडाको रसमा गुलाब जल र बेसारको पाउडर मिसाएर लगाउँदा घामले डढेको हट्छ । यसले छालामा ग्लो बढाउनका लागि सहयोग गर्दछ ।बेसारमा चन्दन पाउडर र दही मिसाएर लगाउँदा अनुहारको दाग धब्बा हट्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *