कति छ त रबि लामिछानेको सम्पति ?

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन र दशौँ करोडको जग्गा जमिन रहेको देखिएको छ । यी मध्ये अधिकांश सम्पत्ति पत्नीबाट आएको देखाइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड १२ लाख ४८ हजार बराबरको सुन रहेको देखाइएको हो । ८० तोला सुन जोडेको उनले पन्ध्रबीस तोला चाँदी देखाइएको छ । यस्तै जग्गा बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा केही रोपनी जग्गा रहेको देखाइएको छ । बुढानीलकण्ठमा तीन करोड पचहत्तर लाख रुपैयाँको जग्गा रहेको भनिएको छ । भक्तपुरमा ११ रोपनी जग्गा रहेको छ । जुन पत्नी निकिता पौडेल र आफ्नो नाममा भनिएको छ । ती जग्गा परिवारको नाउँमा सगोलमा रहेको भनिएको छ । पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको देखाइएको छ । जुन शेयर २५ प्रतिशत हो । ४२ लाखको गाडी भने पती पत्नी दुवैले मिलेर किनेको देखाइएको छ । नारी टीभी र गोपी कृष्ण मिडिया कम्पनीको मूल्य चार करोड भएको देखाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *