आफ्नो फाइल खोल्न आरजुको चुनौती

    काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

    प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

    उनले भनिन्-  ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

    उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *