आफ्नो जीवनमा सबैले चाहान्छन् की धन वैभव एश्वर्य र सम्पन्नता की देवी माता लक्ष्मीको आर्शीवाद सँधै बनिरहोस् । र जीवनमा कहिले पनि आर्थिक समस्याहरूको सामना गर्नुनपरोस् । सबैले माता लक्ष्मीलाई खुशी पार्न धेरै प्रयास गर्दछन्, तर हामी अन्जानमै केही यस्ता गल्तीहरु गर्छौं कि माता लक्ष्मी रिसाउछिन् र भाग्य खस्किन थाल्छ। माता लक्ष्मी रिसाउनाले तपाईले जीवनमा धेरै समस्या भोग्नुपर्ने हुनसक्छ ।
उसोभए आउनुहोस् हामी ती गल्तीहरुको बारेमा जानौँ जसले देवी लक्ष्मीलाई रिसाउन मा बाध्य गराउँछ ।
महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम
घरका महिलाहरूलाई माता लक्ष्मीको रूपमा हेरिन्छ र उनीहरूले सरसफाइको विशेष ध्यान राख्नुपर्दछ। प्रायस् यस्तो देखिन्छ कि हतारमा महिलाहरूले ननुहाईकन भान्सामा खाना पकाउन सुरु गर्दछन्। यदि तपाई पनि यस्तै गर्नुहुन्छ भने यस गल्तीलाई सुर्धानुहोस् । यो मान्यता छ कि जुन घरमा महिलाले जुन घरमा ननुहाईकन काम गर्ने गर्दछन् त्यो घरमा कहिल्यै पनि सुख समृद्धि हुने गर्दैन ।
परिवारमा झगडा
केही व्यक्तिहरुको बानी यस्तो हुन्छ कि उनीहरु एक अर्का संग लडने र अपशब्द कुरा बोल्ने बानी गर्दछन् । यस्ता व्यक्तिसँग माता लक्ष्इमी सँधै क्रोधित हुन्छिन्। त्यसकारण हामी सबैले आफ्नो रिस र भावनालाई नियन्त्रणमा राख्नुपर्दछ र हतारमा कसैलाई नराम्रो काम वा कुरा गर्नु हुँदैन।
अतिथीको सम्मान गर्न नभुन्नुहोला
केही मानिसहरूको यस्तो बानी हुन्छ कि पाहुनाहरू घरमन आउने बित्तिकै नाक र मुख कुच्याउन थाल्छन् । हिन्दू धर्ममा पाहुनाहरुलाई देवताहरुको दर्जा दिइएको छ र भनिन्छ कि देवताहरु हाम्रो घरमा पाहुना भएर आउँछन्। यस्तो अवस्थामा उनीहरू आउँदा अनुहार निन्याउरो बनाउनु राम्रो कुरा होइन। हामीले अतिथिहरूलाई पूर्ण सम्मानका साथ स्वागत गर्नुपर्दछ र यदि सम्भव भएमा केही उपहार लिएर पठाउँनुहोस्। यो विश्वास गरिन्छ कि यो गरेमा लक्ष्मी तपाईं संग धेरै खुसी हुन्छिन्।
साँझको समयमा यो काम गर्नु
साँझमा, यो विश्वास गरिन्छ कि पति र पत्नीले काफी संयमका साथमा व्यवहार गर्नुपर्दछ। सूर्यास्त को समयमा वा साँझमा एक महिला र पुरुषले शारीरिक सम्बन्ध गर्नु राम्रो मानदिैन । यस्तो गल्ती गर्ने व्यक्तिसँग माता लक्ष्मी सँधै अप्रशन्न हुने गर्दछिन् । जसले घरमा गरिबी फैलाउने काम गर्दछ ।
अरुलाई सहयोग नगर्नु
केही व्यक्तिहरूको बानी हुन्छ कि तिनीहरूले ठुलो ठुलो कुरा गर्छन्, तर जब अरूलाई सहयोग गर्ने कुरा आउँछ, तिनीहरू पछाडि सर्दछन् । माता लक्ष्मी त्यस्ता व्यक्तिसँग रिसाउनुहुन्छ। मानवताको कर्तव्य सबै मानिसहरुका लागि सबैभन्दा माथि हुने गर्दछ । जसले यो कर्तव्य पालना गर्दैनन् त्यस्ता व्यक्तिलाई माता लक्ष्मीले मन पराउँदिनन् ।