स्वाद बढाउने चम्चा

    प्रविधिको विकासमा जापान तीव्र गतिमा अघि बढिरहेको छ ।

    यसैवीच जापानी वैज्ञानिकहरूले खानाको स्वाद बढाउने चम्चाको विकास गरेको दाबी गरेका छन् । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यावसायिक रूपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

    मिडिया रिपोर्टका अनुसार कम्पनीले यो चम्चाले खानाको स्वाद सुधार्ने दाबी गरेको छ ।

    कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको बताइएको छ । कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए ।

    यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गर्थ्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुवै बनाउन काम गरिरहेका थिए ।

    तर कम्पनीले यो चम्चालाई अहिले व्यावसायिक विक्रीका लागि मात्रै ल्याएको छ । यो ‘इलेक्स्पून’ नाम दिइएको यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *