रातको खानापछि तपाइको यी गल्तीले गर्दा तौल बढाउँछ।

    हाम्रो तौल बढाउने,घटाउने र नियन्त्रणमा राख्ने मुख्य कारक तत्त्व भनेको हामीले खाने खानेकुरा नै हो । गलत खानेकुरा अनि खानपिनको तरिका नमिल्दो तौल बढाउन सक्छ ।

    यसकारण सबैभनदा पहिला हामीले खाना खाने समयमा गर्ने गल्तीहरू सुधार्नु पर्छ । हामीले खाना खाएपछि केही यस्ता गल्ती गर्दछौँ जुन तौल वृद्धिको कारण पनि बन्न सक्छ । लामो समयसम्म त्यही गल्ती दोहोर्‍याउँदा मोटोपनाको समस्या देखिन सक्छ ।

    यस्ता गल्तीहरू नदोहोर्‍याउनुहोस् 

    –रातिको खाना खाए लगत्तै सुत्नु हुन्न । तर खाएको कयौँ घण्टापछि सुत्नु पनि गलत हो । खाना खाएको समय र सुत्ने समयबिच ३ घण्टाको फरक हुनु पर्छ । रातिको खानामा प्रशस्त मात्रामा फाइबर युक्त खानेकुरा खानु पर्छ । खाना सधैँ एकै समयमा खानु पर्छ । खाना खाएपछि ३० मिनेट बसेपछि थोरै हिँडडुल गर्नु पर्छ । लामो समयसम्म भोकै पनि रहनु हुन्न । यस्तो गर्दा धेरै खाना खाइन्छ । पर्याप्त मात्रामा पानी पनि पिउनु पर्छ ।

    –रातिको खाना खाएपछि चिया वा कफीको सेवन सकेसम्म गर्नुहुन्न । यस्तो गर्दा कफी र चियामा भएका क्याफिनले आइरन र क्याल्सियमको अवशोषणमा अवरोध उत्पन्न गर्छ । खाना खानसाथ धेरै पानी पनि पिउनु हुन्न । पानीसँगै पेटभित्रका खाना पचाउन मद्दत गर्ने एसिड बाहिर निस्किन्छ । खाना राम्ररी पच्दैन र यसले पनि तौल बढाउन सक्छ ।

    –खाना खाने बित्तिकै भारी व्यायाम गर्नु हुँदैन । यसो गर्दा खानामा भएको पौष्टिक तत्त्व सोस्ने काम सुस्त हुन्छ । खाने खाने बित्तिकै गुलियो वा हल्का पेय पदार्थ खाँदा पनि अतिरिक्त चिनी शरीरमा जान्छ र तौल बढाउँछ । रातिको खानामा मानिसहरू प्रायः फाइबर कम भएको खानेकुरा खान्छन् । जसका कारण खाएको केही समयपछि नै भोक लाग्न थाल्छ । अनि तलतल लागेर मिठाई, चकलेट आदि खान्छन् । यस्तो गर्दा अतिरिक्त क्यालोरी शरीरमा पुग्छ र तौल बढ्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *