बढ्यो सुनको मूल्य, कतिमा हुदैछ त कारोबार ?

    काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

    विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

    यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *