के तपाईँको शौचालय सफा छ ? नत्र हुनसक्छ यौनरोगदेखि निमोनियासम्मको खतरा

    काठमाडौँ – शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न सङ्क्रमणबाट बच्नु हो । यसको सिट, फ्लसिङ बटन र वरपर रहेका वस्तुबाट धेरै रोगजन्य कीटाणु फैलिने खतरा रहन्छ भने यस्ता सङ्क्रमणले गम्भीर रूप पनि लिन सक्छन् ।  फोहोर शौचालयका कारण मानिसमा हुन सक्ने सङ्क्रमणहरू निम्न छन् –

    घाँटीको दुखाइ

    स्ट्रेप्टोकोकस शौचालयमा पाइने ब्याक्टेरिया हो । जुन घाँटीको सङ्क्रमणका लागि मुख्य कारण हो । यो ब्याक्टेरियाले मानव शरीरमा निकै कम समयमै सङ्क्रमण फैलाउन सक्छ । शौचालयको ढोकाको चुकुल पनि रोग सङ्क्रमणको अर्को प्रमुख माध्यम मान्ने गरिन्छ ।

    झाडापखाला

    ब्याक्टेरियल झाडापखालाको मुख्य कारण साल्मोनेला वा क्याम्पाइलोबैक्टर ब्याक्टेरियालाई मानिन्छ । यी ब्याक्टेरिया फोहोरको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने गर्छन् । झाडापखाला सङ्क्रमण इंकोली, सिगेला र केही प्यारासाइटका कारण पनि हुने गर्छ जुन शौचालयको फोहोरका कारण उत्पन्न हुन्छन् ।

    इबोला

    फोहोरका कारण फैलिने सङ्क्रमण पश्चिम अफ्रिकामा सामान्य मानिन्छ । सामान्यतया सरसफाइको सुविधा नभएको ग्रामीण भेगमा इबोलाको प्रकोप रहेको पाइन्छ । शौचालयको व्यवस्था नभएका भेगमा इबोलाजस्ता थुप्रै सङ्क्रमणले सताउने गर्छन् ।

    गोनोरिया

    यो एकप्रकारको यौनरोग हो । जुन शौचालयको सिटबाट फैलिन सक्छ । गोनोरिया सङ्क्रमणले थोरै समयमा बाक्लो र हरियो योनीस्राव हुन सक्छ । यसका लागि सिप्रोफ्लोक्सासिनजस्ता एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । सामान्यतया सार्वजनिक शौचालयको प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ ।

    छालाको सङ्क्रमण

    स्ट्रेप्टोकोसी ब्याक्टेरियाले छालामा हलुकादेखि गम्भीर सङ्क्रमण गराउँछ । सामान्यतया सार्वजनिक शौचालय प्रयोगबाट सम्पर्कमा आउने इम्पेटिगो र नेक्रोटाइजिंग ब्याक्टेरिया सङ्क्रमणले छालामा समस्या उत्पन्न गराउँछ । जसले गर्दा छालामा जलन हुने, चिलाउने र फोका उठ्ने हुन्छ ।

    निमोनिया

    एक अध्ययनका अनुसार निमोनियाका ब्याक्टेरियाहरू मोबाइल फोनको माध्यमबाट बढी प्रसारित भइरहेका छन् । अस्पतालको शौचालय र शौचालयमा फ्यान प्रयोग गर्ने बानीले गर्दा पनि सङ्क्रमण हुने सम्भावना रहन्छ । तसर्थ शौचालयको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

    यस्तै चिसो मौसममा बढी हुने फ्लु, ज्वरो, हेपाटाइटिस ए, फुड पोइजनिङ, पेट दुख्ने आदि समस्या फोहोर शौचालयमा उत्पन्न हुने ब्याक्टेरियाको सङ्क्रमणका कारण पनि हुने गर्छ । तसर्थ शौचालय सधैँ सफा राख्ने गरौँ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *