जान्नुहोस शंख बजाउनुका फाइदा र यसका धार्मिक मान्यता

    विशेषतः हिन्दु धर्मावलम्बीहरूले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । शंख शंखेकिराको खबटाबाट बनाइने यो वाद्ययन्त्र जन्मदेखि मृत्यु संस्कारसम्मै आवश्यक छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?

    धार्मिक कारण

    – वास्तुशास्त्र अनुसार शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

    – शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।

    – शंख ध्वनिले वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।

    – शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।

    – यसको ध्वनिले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।

    यसबाट प्राप्त हुने स्वास्थ्य लाभ

    – शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ यसले दमका रोगीलाई फाइदा पुग्दछ ।

    – यसको ध्वनिले वातावरणमा रहेको कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछ ।

    – शंखमा राखेको पानीले अनुहार मसाज गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।

    – शंखमा पानी संचित गरेर पिउँदा क्याल्सियम, फस्फोरस प्राप्त हुन्छ ।

    – शंखमा राखेको पानीमा गुलाब जल मिसाएर कपाल धुँदा बलियो, मुलायम र बाक्लो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *