सरी चामलको पिठो प्रयोग गर्दा ल्याउछ अनुहारमा चमक, जानी राखौ

    सुन्दर देखिने हर कोहीलाई इच्छा हुन्छ । त्यसका लागि व्यूटिपार्लर जाने देखि महँगा सौन्दर्य प्रसाधनको साधन प्रयोग गर्नु आम विषय बन्दै छ ।

    तर छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ ।

    जसले साइडइफेक्ट मात्रै बचाउँदैन मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत टार्छ । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरू समाधानको लागि गरिन्छ ।

    यसका लागि दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेस्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।

    त्यस्तै कालो दाग र मुसा आउने समस्याको हटाउनका लागि एक चम्चा मह र घ्युकुमारीको जेल मिलाएर पेस्ट बनाउने । उक्त पेस्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।

    घामले डढेको छालाको कालो धब्बालाई हटाउन एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेस्ट बनाउने । तयारी पेस्टलाई डढेको छालामा लगाएर शुष्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

    अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमा दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *